मर्चवार । मर्चवार क्षेत्रको शान्ति सुरक्षा कायम राख्न प्रहरी र समुदायको सहकार्य आवश्यक रहेको एक सहभागीले जोड दिएका छन् । शुक्रबार सम्पन्न इलाका प्रहरी कार्यालय मझगावाँको नागरिक सुनुवाई कार्यक्रममा उपस्थित सहभागीहरुले प्रहरी र नागरिक सम्बन्ध सुमुधुर रहे मात्र शान्ती सुरक्षा कायम हुने बताए ।
आफ्नो क्षेत्रमा अपराधिक गतिविधि सहितका अन्य कृयाकलापको अवस्थाबारे जानकारी गराउदै इलाका प्रहरी कार्यालय मझगावाँका कार्यालय प्रमुख प्ररही निरीक्षक सन्तोष बस्यालले खुल्ला सीमाले कानून कार्यान्वयनमा मूख्य चुनौती देखिएको बताए ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै प्रहरी निरिक्षक बस्यालले साधान श्रोत र जनशक्तिको कमि संगै खुल्ला सीमा मूख्य चुनौती भएका बताए । उनले मर्चवारमा मौजुद रहेको साधान श्रोतलाई अधिकतम परिचालन गरि नियन्त्रणको प्रयास गरे त्यो भने प्रयाप्त हुन नसकेको जिकिर गरे । जिल्लाकै सबै भन्दा ठूला सीमावर्ती क्षेत्र मर्चवारमा पर्ने हुदा यहा अपराध गरेर सहजै भारत तर्फ भागेर जाने क्रम रहेको बताउदै उनले यसमा स्थानीय निकाय संगै नागरिकको पनि सहकार्यको आवश्यकता औल्याए । स्थानिय जनप्रतिनिधिले सहयोग गर्नुको सट्टा अस्वस्थ्य राजनैतिक प्रतिष्पर्धाका कारण प्रहरीलाई नै राजनैतिक दबाब पर्ने गरेको उनले गुनासो गरे ।
उनले साउन महिना यता मात्र इलाका प्रहरी कार्यालय मझगावामा ८६ वटा झै झगडा, वादविवाद र लेनदेनको मुद्दा दर्ता भएकोमा सबै मुद्दालाई फछर्यौट गरि सकेको जनाए । यस्तै कुटपिटको ८, अभद्र व्यवहार ३, सवारी दुर्घटना ७, मानिस हराएको ४, चोरीको १, शान्ती सुरक्षाको २४ र घरेलु तथा महिला हिंसाको १२ वटा मुद्दा दर्ता भएकोमा यी सबै फछर्यौट गरि सकिएको उनले बताए ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकिशुन त्रिपाठीले मर्चवारमा शान्ती सुरक्षाको प्रत्याभूति गराउन गाउँपालिका र आफु स्वयम प्रहरीसंगै रहने बताए । उनले प्रहरीको एकल प्रयासले मात्र अपराध न्यूनिकरण हुन नसकेकोले स्थानिय जनप्रतिनिधिहरुले पनि यसमा सहकार्य गने प्रतिवद्धता जनाए । सत्य सेवा सुरक्षाको मूल नारा बोकेर प्रहरी आफ्नो जिउधनको बाजी थापेर नागरिकको सेवामा जुटेकोले नागरिकले पनि प्रहरीलाई सहयोग गर्नुपर्ने दायित्व रहेको उनले बताए । मर्चवारका नागरिक धेरै सोेझा रहेकोले उनिहरुलाई प्रहरीले पनि बिशेष रुपमा हेरी सहयोग गर्नुपर्ने उनले धारणा राखे ।
प्रहरी–समुदाय साझेदारी अन्र्तगत सम्पन्न भएको नागरिक सुनुवाई कार्यक्रम कोटहीमाई गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सञ्जय कुमार सैनीका स्वागत र प्रहरी सहायक निरिक्षक सुभाष थारुको सञ्चालनमा सम्पन्न भएको थियो ।