एसईई परीक्षामा मर्चवारबाट २ हजार ३०८ विद्यार्थी सहभागी हुदै

मर्चवार न्यूज 367+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

मर्चवार । चैत ७ गते देखि २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्चवारबाट २ हजार ३ सय ८ जना सहभागी हुने भएका छन् । मर्चवार क्षेत्रको तीनवटा गाउँपलिकामा ५ परीक्षा केन्द्रमा हुने उक्त परीक्षामा उक्त विद्यार्थीहरु सहगभाी हुने भएका छन् ।  

मर्चवारी गाउँपालिकामा रहेको २ वटा परीक्षा केन्द्रबाट ८ सय ५ जना परीक्षामा सहभागी हुनेभएका मर्चवारी गाउँपालिका शिक्षा शाखा प्रमुख हरिश्चन्द्र बरईले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार श्रीमती मनराजीदेवी माध्यमिक विद्यालय परीक्षा केन्द्रमा जनता माध्यमिक विद्यालय ओडवलियाबाट नियमित १०७ र ग्रेड बृद्धि ५६ गरी १६३, अमवा माध्यमिक विद्यालय अमवाबाट नियमित ८० र ग्रेड बृद्धि २० गरी १००, बगौली माध्यमिक विद्यालय बगौलीबाट नियमित १५२ र ग्रेड बृद्धि २९ गरी १८१ जना परीक्षामा सहभागी हुने भएको शाखा प्रमुख बरईले जानकारी दिएका छन् ।

जनता माध्यमिक विद्यालय ओडवलिया परीक्षा केन्द्रमा ४०६ जना विद्यार्थीहरु सहभागी हुदै उनले बताए । उक्त परीक्षा केन्द्रमा श्रीमती मनराजीदेवी माध्यमिक विद्यालयबाट नियमित १७१ र ग्रेडबृद्धि ५२ गरी २२३ विद्यार्थी, ठर्की माध्यमिक विद्यालय ठर्कीबाट नियमित १०९ र ग्रेडबृद्धि ४६ गरी १५५ जना, र सिलौटिया बागेश्वरी बोर्डिङ्ग स्कूलबाट नियमित २५ र ग्रेड बृद्धि ३ गरी २८ जना सहभागी हुदै शिक्षा शाखा प्रमुख बरईले जानकारी दिएका छन् ।

यसैगरी सम्मरीमाई गाउँपालिकामा रहेको कृषक आदर्श माध्यमिक विद्यालय बेतकुइयाँ परीक्षा केन्द्रमा ५५५ जना विद्यार्थी सहभागी रहेको सम्मरीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख रामदास गौडले जानकारी दिएका छन् । शाखा प्रमुख गौडले दिएको जानकारी अनुसार सम्मरीमाईमा एउटा मात्र परीक्षा केन्द्र रहेको उक्त केन्द्रमा  मर्चवार आदर्श माध्यमिक विद्यालयबाट नियमित ९९ र ग्रेड बृद्धि ५४ गरी १५३, मूडिला माध्यमिक विद्यालय करौताबाट नियमित १०२ र ग्रेड बृद्धि ३३ गरी १३५, ज्ञान ज्योति माध्यमिक विद्यालय थुम्हवा पिपरहवाबाट नियमित ७२ र ग्रेड बृद्धि २६ गरी ९८, जनता माध्यमिक विद्यालय बिजगौरीबाट नियमित ४८ र ग्रेड बृद्धि ३३ गरी ८१, असुरैना माध्यमिक विद्यालयबाट नियमित ३४ र ग्रेड बृद्धि ३३ गरी ६७ र जनता माध्यमिक विद्यालय सम्मरीमाईबाट २१ जना परीक्षामा सहभगाी भएका छन् ।

यसैगरी कोटहीमाई गाउँपालिकामा रहेको २ वटा परीक्षा केन्द्रबाट ९०३ जना परीक्षामा सहभागी हुने भएको कोटहीमाई गाउँपालिका शिक्षा शाखा प्रमुख अमृता बुढाथोकीले जानकारी दिएकी छन् । उनले दिएको जानकारी अनुसार मर्यादपुर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा बरेवा माध्यमिक विद्यालय बरेवाबाट नियमित ८२ र ग्रेडबृद्धि ३० गरी ११२, गैरगट्टी माध्यमिक विद्यालय गैरगट्टीबाट नियमित ४७ र ग्रेड बृद्धि २८ गरी ७५, दिब्य दर्पण इंग्लिस स्कूलबाट नियमित ४७ र ग्रेडबृद्धि ४ गरी ५१, पब्लिक भिजन इंग्लिस बोर्डिङ्ग स्कूलबाट नियमित ४४ र ग्रेडबृद्धि ९ गरी ५३, तुनिहवा माध्यमिक विद्यालयबाट नियमित ३३ र ग्रेडबृद्धि २३ गरी ५६ जना सहभागी  भएका छन् ।

यसैगरी मर्चवार आदर्श माध्यमिक विद्यालय मझगावाँ परीक्षा केन्द्रमा कृषक आदर्श माध्यमिक विद्यालयबाट नियमित १४६, ग्रेडबृद्धि ७७ गरी २२३, मर्यादपुर माध्यमिक विद्यालय मर्यादपुरबाट नियमित ८५ र ग्रेड बृद्धि ४२ गरी १२७, बोगडी माध्यमिक विद्यालयबाट नियमित ६८ ग्रेड बृद्धि ३८ गरी १०६, जानकी माध्यमिक विद्यालयबाट नियमित ३२ र ग्रेड बृद्धि २३ गरी ५५, लालबिहारी माध्यमिक विद्यालयबाट नियमित २७ र ग्रेडबृद्धि १२ गरी ३९ र मर्चवार शिवशक्ति बोर्डिङ्ग स्कूलबाट ६ जना सहभागी हुने भएका छन् । 

यसैगरी यस वर्ष रुपन्देही जिल्लामा २२ हजार ९ सय ७५ विद्यार्थी) सहभागी हुने भएका छन् । जसअन्तर्गत नियमित (साधारण धारतर्फ) १७ हजार ५ सय १८ जना, साधारण धारतर्फ ग्रेडवृद्धि (पुरानो र नयाँ) ४ हजार ९ सय ३९ र प्राविधिक धारतर्फ ५१८ जना प्रशिक्षार्थीहरु सहभागी हुने भएका हुन् ।

जिल्लामा एसईई परीक्षाका लागि ६० जना केन्द्राध्यक्ष, १५२ जना सहायक केन्द्राध्यक्ष, करिब १ हजार २ सय निरीक्षक, २३५ सहायक कर्मचारी, करिब ४७० सहयोगी कर्मचारी गरी (सुरक्षाकर्मीबाहेक) करिब २ हजार १ सय जनशक्ति परिचालन हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै