मर्चवार १० चैत/ ६७ औँ सहकरी दिवसको अवसरमा मर्चवार क्षेत्रमा विभिन्न कार्यक्रम गरिदैछ । मर्चवारमा रहेको ३५ भन्दा बढी सहकारी संस्थाहरुको सहभागीमा गठित सहकारी दिवस मूल समिति मर्चवारको आयोजनामा विभिन्न सहकारी संस्थाहरुमा सहकारी शिक्षा अभिबृद्धि तालिम, सहकारी सचेतना ¥याली तथा स्वास्थ्य शिविरको अयोजना गरिएको समितिका संयोजक अशोक कुमार त्रिपाठीले जानकारी दिएका छन् ।
मर्चवार क्षेत्रको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाको करीब ३५ वटा सहकारीमा १८ हजार बढी शेयर सदस्यहरुको अबद्धता रहेको मूल समितिका संयोजक त्रिपाठीले जानकारी गराएका छन् । सहकारी सचेतना रैलीका कार्यक्रमका प्रमुख अतिथिको रुपमा रुपन्देही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्ल, विशिष्ट अतिथि लुम्बिनी प्रदेश सरकारका गृह मन्त्री सन्तोष कुमार पाण्डेय, प्रदेश सभा सदस्य कन्हैया बनिया, प्रदेश सभा सदस्य वशीउद्दीन खाँन लगायत मर्चवारको तीनवटै पालिकाको अध्यक्ष तथा वडाध्यक्ष सहित विभिन्न कर्मचारीहरुको उपस्थिती रहने पत्रकार सम्मेलनको अध्यक्षता समेत गरेका संयोजक त्रिपाठीले जानकारी दिएका छन् । स्थानीय तहसंग समन्वय गरी स्थानीय सरकारको प्रत्यक्ष सहभागी रहने उनले बताए ।
कार्यक्रमबारे जानकारी दिदै समितिका सदस्य अशोक कुमार तिवारीले चैत ९ गते देखि १६ गते सम्म मर्चवारको विभिन्न सहकारी संस्थाहरुमा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको प्रयोग लगायत सहकारीको विभिन्न निति नियमबारे सहकारी क्षमता विकास तालिम संचालन हुने जानकारी दिएका छन् । १७ गते बीउ प्रसोधन केन्द्र कोटहीमाई ४ बाट, परसहवाँ, भवनडिहवा, रोइनिहवा, थुम्हवा, करौता, सेमरा, रायपुर, असुरैना हुदै ओडवलियामा कोण सभा हुनेगरी सहकारी सचेतना ¥यालीको आयोजना गरिएको उनले बताए । ¥यालीमा विभिन्न निकाय सहित २ हजार सहकारी प्रेमीहरुको सहभागीता रहने उनले बताए । १८ गते युनिभर्सल क्लेज अफ मेडिकल साइन्ससेज भैरहवाको सहयोगमा कोटहीमाई ७ कटया विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिने उनले बताए । १९ गते श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि. मा सहकारी क्षमता अभिबृद्धि तालिम संचालन गरिने र २० गते जिल्ला स्तरीय मुल समारोहमा मर्चवारका सम्पूर्ण सहकारी संस्थाका प्रतिनिधि सहभागी हुने सदस्य तिवारीले जानकारी दिएका छन् ।
सप्ताहब्यापी हुने सबै कार्यक्रममा सम्पूर्ण सहकारी प्रेमी, किसान, कर्मचारी, राजनितिक ब्यक्ति जनप्रतिनिधि लगायतकालाई सहभागीको लागि अनुरोध समेत गरेका छन् ।
मर्चवारी गाउँपालिका सहकारी शाखा प्रमुख महेश्वर यादवले सहकारीले सहकारी सिद्धान्तबाट बिचलित नभई काम गर्न आग्रह गरेका छन् । नेपालमा पहिलो पटक २०१८ साल चैत २० गते चितनवनमा खबार नामक सहकारी स्थापना भएकोले हरेक वर्ष चैत २० गते सहकारी दिवस मनाउदै आएको उनले बताए । सहकारी दिवसको शुभकामना दिदै सहकारी आम नागरिक तथा किसानहरुको ठुलो सहाराको रुपमा रहेकोले सहज रुपले सबैलाई सेवा दिन आग्रह गरेका थिए ।