आपाङ्ग दिवसको अवसरमा सम्मान

मर्चवार न्यूज 367+ समाचार ( )
१९ मंगशिर २०८२, बिहीबार

मर्चवार । रुपन्दोहीको कोटहीमाइ गाउँपालिकाले अपाङ्ग दिवसको अवसरमा विभिन्न ११ जनालाई सम्मान गरेको छ। बुधबार एक समारोहका बीच पालिका भित्रका रोजगारी तथा सेवामा आवद्ध १० जना अपाङ्गता भएका व्यक्तिहरू तथा १ जना आमा समूहकी सदस्यलाई सम्मान गरिएको थियो।

सम्मान समारोहमा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले समाजसहित देश निर्माणमा प्रत्येक व्यक्तिको भूमिकालाई महत्वपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अपाङ्गता कुनै कमजोरी होइन—यो सामाजिक, संरचनागत र अवसरजन्य अवरोधले उत्पन्न भएको अवस्था मात्र हो । त्यसैले अपाङ्गता भएका व्यक्तिहरूलाई सहानुभूति होइन, अधिकार, समानता र अवसर चाहिन्छ । हाम्रो गाउँपालिकाले ‘समावेशी विकास’ लाई मुख्य कार्यसूची बनाई अघि बढिरहेको छ ।”

अध्यक्ष त्रिपाठीले थप भन्नुभयो, “अपाङ्गता भएका बुबा–आमा, दिदी–बहिनी तथा दाजुभाइहरूको पहुँच, सहभागिता र नेतृत्व सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कार्यक्रमगत पहललाई हामी अझ प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छौँ ।”

कार्यक्रममा सुरेश केवट, बिनोद पाल, लखराज यादव, अनिता हरिजन, अमिरका कुर्मी, सोमई पाल, सुलन कुर्मी, जमुनीदेवी गुप्ता, इसुफ अली चुरिहार, मोहम्मद शरीफ अली फकिर र पुष्पावती सहानीलाई सम्मान गरिएको प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले जानकारी दिनुभयो ।

उपाध्यक्ष सुशिला कुमारी यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय मझगवाँका प्रहरी निरीक्षक तपेन्द्र बिष्ट, नमुना एकीकृत विकास परिषद् रुपन्देहीका संस्थापक अध्यक्ष ज्ञानु पौडेल लगायतले मन्तव्य राख्नुभएको थियो भने अजय सिंह क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार