मर्चवार । श्री धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ९औँ वार्षिक साधाण सभा सम्पन्न भएको छ । संस्थाको आयोजनामा शनीबार कोटहीमाई गाउँपलिका सभा हलमा एक कार्यका बिच उक्त सभा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष अमरनाथ यादवले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ९ लाख ४४ हजार ९०९ रुपैया शुद्ध नाफा गर्न सफल भएको बताए । ६ सय ४९ महिला, १०४१ पुरुष र १ संस्थागत गरी १ हजार ६ य ९० शेयर सदस्य रहेको उक्त सहकारीले ६ करोड ७८ लाख ५१ हजार १९९ रुपैयाको पुँजी बनाउन सफल भएको उनले बताए । संस्थाको आर्थिक वर्ष २०७९÷०८० मा २१ लाख ४ हजार २ सय रहेको शेयरपुँजी बढेर २२ लाख ६० हजार ४ सय शेयर पुँजी कायम भएको उनले बताए । सहकारीले किसानहरुलाई २७ लाख ६० हजार २ सय बराबरको मल बिक्रि वितरण गरेको अध्यक्ष यादवले बताए ।
संस्थाले ३ सय १४ जनालाई कृषि तथा ब्यवपारको लागि ४ करोड ३० लाख ९० हजार ५१४ रुपैया ऋण समेत लगानी गरेको संस्थाका अध्यक्ष यादवले जानकारी दिएका छन् ।
सभालाई सम्बोधन गर्दै सभाका प्रमुख अतिथि कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले न्युन वर्गमा आर्थिक क्रान्ती ल्याउन सहकारी महत्पुर्ण साधन रहेको बताए । संस्थामा इमन्दारिता र एकबद्धताले संस्था थोरै समयमा प्रगति गरेको प्रमुख अतिथि त्रिपाठीले बताए । संस्थामा रहेका समाजको उपस्थितले सहकारीको सम्मान उच्च गरेको बताए । मलको लागि केन्द्रबाटै अभाव रहेको उनले सबैलाई जानकारी गराएका थिए । गाउँपालिकामा आएको मललाई बाडफाड गरी हरेक सहकारीमा पठाउने गरेको प्रमुख अतिथि त्रिपाठीले बताए । सहकारी संस्था ब्यवस्थित बनाउन सहकारी संस्था संग अन्तरकृया गर्ने बताए ।
कोटहीमाई गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष पवन कुमार यादवले सहकारी थोरै समयमा धेरै प्रगति गरेको प्रशंसा गरे । सहकारी प्रति आफु साधै सकारात्मक रहेको बताउदै संस्थाको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
कोटहीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनीले स्थापनाकालको अवस्थालाई चर्चा गर्दै संस्थाले प्रगति गरेको खुसी ब्यक्त गरे । पुर्व अध्यक्ष समेत रहेका वडाध्यक्ष सैनीले संस्था रू १ बाट सुरूवात भई ६ करोड भन्दा बढी पुगेको बताए । १०–१५ जनले सुरू गरेको उक्त सहकारी मा करीब १६९० जुडेको उनले खुसी ब्यक्त गरे । कमर्शियल बैंकमा महिनौ दौडधुप गरी चर्को ब्याजमा कर्जा पाएको तर सहकारीमा सहज र सरल रूपले न्यून ब्याजदरमा ऋण पाएकोले सहकारी तर्फ सबैको आकर्षण बढदैगएको बताए । संस्थामा शेयर पुजी बढे मात्र संस्थाको विकास हुनेभएको हुदा शेयर लगानी बढाउन सबैमा आग्रह गरे ।
कृषि क्षेत्र रहेको मर्चवारमा मलखाद्य पठाउन केन्द्र सरकारले विभेद गरेको उनले बताए । सहज रूपले मल र वीउ नपाउदा किसान भारतबाट प्रहरीको गाली खाएर ल्याउन बाध्य रहेको वडाध्यक्ष सैनीले बताए ।
रुपन्देही बचत तथा ऋण सहकारी समितिका सल्लाहकार अशोक कुमार त्रिपाठी सेवामुखि सहकारी संस्थालाई नाफा मुखी बैंक तथा केही सहकारी विरोधीहरू सहकारीलाई बदनाम गर्ने सडयंत्र बनिईरहेको उनले बताए । स्थानीय तह र सहकारी प्रतिनिधि संयुक्त रूपमा बैठक बसी सहकारीको समस्या नियुनिकरण गर्न आग्रह गरे । सहकारीले प्रत्यक्ष रूपले किसान र न्युन वर्गलाई सेवा दिने गरेको भन्दै यस प्रति सबैले साकारात्मक रूपले जुटनु पर्ने बताए ।
श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारीले स्थानीय सरकारले सहकारी तालिम संचालन गर्नुपर्ने बताए । सहकारी विरोधीहरूले आफ्नो बाटो बदल्नु पर्ने हुन्छ तर सहकारी आफ्नो मापदण्ड विपरीत काम नगर्ने उनले बताए । सहकारीको संरक्षण गर्ने हरेक सदस्यको कर्तब्य रहेको बताउदै सहकारीको साकारात्मक विकासमा जुटन सबैलाई आग्रह गरेका थिए ।
सभामा मर्चवार आदर्श बहुमुखी क्याम्पसका प्रमुख रामकेश पाल, संस्थाका ब्यवूथापक कलमनाथ गुप्ता, निर्धन उत्थान बैंक मझगाँवाका प्रमुख नन्दराम पाल, संस्थाका शेयर सदस्य प्रेमा देवी दुबे लगायतकाले मनतब्य राखेका थिए ।
संस्थाका अध्यक्ष अमरनाथ यादवको अध्यक्षतमा सम्पन्न उक्त सभालाई महेश गुप्ताले संचालन गरेका थिए ।