शुद्धोधनको छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड तथा अध्यक्ष कपमा राष्ट्रिय माध्यमिक प्रथम

प्रभुनाथ गुप्ता 1+ समाचार ( )
१९ माघ २०८१, शनिबार

कपिलवस्तु । शुद्धोधन गाउँपालिका कपिलवस्तुको छैठौं  राष्ट्रपति रनिङ शिल्ड तथा अध्यक्ष कप खेलकुद  प्रतियो‍गिता, २०८१ सम्पन्न भएको छ । विभिन्न १३ खेलहरुमा सञ्चालन गरिएको उक्त प्रतियोगितामा शुक्रबार भएको अन्तिम खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बिमिहा प्रथम भएको हो । 

यसैगरी प्रतियोगितामा पूर्ण केशर माध्यमिक विद्यालय बगदी द्वितीय र माध्यमिक विद्यालय तृतीय स्थान हासिल गरेका छन् । प्रतियोगितामा विजेता खेलाडीहरु जिल्ला स्तरको प्रतियोगितामा सहभागी हुने गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले बताए । विजेता खेलाडीहरुलाई कप, प्रमाण पत्र वितरण सहित बधाई ज्ञापन गर्दै खेल स्वास्थ्य र राष्ट्रको लागि रहेको बताए । समापन कार्यक्रमको अध्यक्षता गरेका अध्यक्ष चौधरीले खेलमा सहभागी सम्पूर्ण विद्यालय तथा खेलाडीहरूलाई धन्यवाद दिँदै छनौट भएका खेलाडिहरूलाई जिल्लास्तरिय प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेका थिए । 


कार्यक्रका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका उपप्रमुख रमेश कुर्मीले गाउँपालिका स्तरमा खेलेका खेलाडी नै राष्ट्रिय पहिचान बनाउने सिढिको रुपमा स्थापित भएको बताए । उनले भने ‘खेलमा हर जीत हुन्छ तर खेलको प्रतिपर्धामा उत्रेका सबै खेलाडी सम्मानका पत्र छन् । आज हरे पनि नियमित अभ्यास र लगानशीलताले सफलको बाटोमा लैजान्छ ।’ 

कार्यक्रममा शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पोडेले, वडा नम्बर २ का वडाअध्यक्ष मनोज कुमार यादव , वडा नम्बर १ का वडाअध्यक्ष मोहम्मद ताहिर खाँ लगातयका कार्यक्रममा मनब्य राखेका थिए । 

कार्यक्रम  सन्चालन मोहन अर्याल गरेका थिए भने खेल संयोजक घनश्याम चौधरीले खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार