बसको ठक्करले २ जनाको घटना स्थलमै मृत्यु १ को अवस्था गम्भीर

हृदयराम गुप्ता 121+ समाचार ( )
१६ मंगशिर २०८०, शनिबार

मर्चवार न्युज

मर्चवार १६ मंसिर÷ रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ मा स्कुल बसको ठक्करले घटना स्थलमै २ जनाको मृत्यु भएको छ । खुनगाईबाट कारिदह तिर जादै गरेको सिद्धार्थ प्रतिभा ईंिग्लस हाई स्कुल सुर्यपुराको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाईकलमा ठक्कर दिएको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।

ईप्रका लुम्बिनीले दिएको जानकारी अनुसार बसको ठक्करले लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ४ अमारी बस्ने २१ वर्षिय मोहम्मद इरसाद र सोही ठेगाना कि १६ वर्षिय रुबिना खातुनको घटना स्थल मै मृत्यु भएको हो । यसैगरी गम्भीर घाइते रहेकी १७ वर्षिय अपसना खातुनको मेडिकल क्लेज भैरहवामा उपचार भइरहेको छ ।

घटनापछि स्थनीयले अक्रोसित भइ बस समेत जलाइदिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै