दिपावली अध्यारोलाई उज्यालोमा परिणत गर्ने पर्व हाे : अध्यक्ष त्रिपाठी

हृदयराम गुप्ता 121+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

मर्चवार न्युज

मर्चवार २५ कार्तिक÷रुपन्देहीको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले तिहार (दिपावली) अध्यारो हटाई उज्यालो बनाउने पर्वको रुपमा मनाउदै आएको बताए । बिहिबार कोटहीमाई गाउँपालिकाले आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष त्रिपाठीले सो कुरा बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष त्रिपाठीले भने ‘अध्यारोलाई हटाई उज्यालो बनातउने पर्व मनाउने दिपावली झै हामीलाई मानेर जनताले हामीलाई जिताएको छ । जहाँ विकास भएको छैन त्यहाँ विकास गर्ने हाम्रो पहिलो दायित्व हो ।’ ‘एक वर्षमा जहाँ कहिले दियो राखिदैना त्यहाँ दिपावलीमा सरसफाई गरी दिप प्रज्वलन गरी उज्जयालो गरिन्छ । त्यस्तै जहाँ केन्द्र सरकारको नजर पुगेको थिएन त्यहाँ सम्मा सरकारको अनुभुति दिलाउन स्थानीय सरकारको ब्यवस्था ल्याइएको हो ।’ अध्यक्ष त्रिपाठीले भने । दिपावली तथा छठ् पर्वको शुभकामना दिदै अध्यक्ष त्रिपाठीले जनप्रतिनिधि र कर्मचारीले सबै मिलेर एक विचारधाराको भई समाजका विभिन्न समस्याहरु समाधान गर्न आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष सुशिला कुमारी यादवले दिपवालीले प्रकाश गरी अध्यारो हटाए जस्तो हाम्रो समाजबाट विभन्न रोगब्याधी हटाउने पर्व हो । दिपावलीकै बेला घर आँगन लगायत विभिन्न सामानको विशेष सरसफाई गरिने भएकोले यसले विभिन्न रोग ब्याधी समेत हराएर जाने हुन्छ । न अधिक गर्मी र न अति चिसोको मौसम हुने भएकोले अझै रमाइलो हुने गरेको उनले बताइन् ।

कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले तिहार छठ् पुर्वको शुभकामना दिदै छठ् पछि गाउँपालिकाले कामको गति बढाउने बताए । यस पर्वले दुई मौसमको मिलन संगै समाजमा, परिवारमा सदभाव कायम गर्ने भुमिका खेलेको बताए । नेपाल सरकारले प्रतिबन्ध लगाएको पटाका जन्य पदार्थले मानिसको स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर गर्नुका साथै विभिन्न किसिमले चोटपटक र आगजनी समेत हुने भएकोले पटाका नपडकाउन उनले आग्रह गरेका छन् ।

शुभकामना अदान प्रदान कार्यक्रममा कोटहीमाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष राजेश गुप्ता, वडा नं. २ का वडाध्यक्ष अमरनाथ यादव, वडा नं. ४ का वडाध्यक्ष बेचुराम पाल, वडा नं. ५ का वडाध्यक्ष संजय कुमार सैनी, वडा नं. ६ का वडाध्यक्ष बिनोद यादव वडा नं. ७ का वडाध्यक्ष पवन कुमार यादव लगायतकाले शुभकामना मनतब्य राखेका थिए भने गाउँपालिकाको वास संयोजक अजय सिंह क्षेत्रीले कार्यक्रम संचालन गरेका थिए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार