मर्चवार । हिजो शुक्रबार आएको हवाहुरीले मर्चवारमा विभिन्न ठाउँमा क्षति गरेको छ । हवाहुरीले विभिन्न ठाउँमा क्षति गर्नुसंगै २ जना घाइते भएको इलाका प्रहरी कार्यालय मझगावाँले जनाएको छ ।
मायादेवी ६ खजुरीयाका गौतम केवट आँपको हाँगा खसेर चोट लगोको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । घाइते भएको उनको उपचारका लागि परिवारले भारत लेगेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । बच्चालाई गम्भीर चोट लागेको उनले बताए । मर्चवारी ६ ठर्की आफ्नै घरका टीनको पाता उडाउदा ३५ वर्षीय पुस्पा कुर्मीको ठाउको र दहिने हातमा चोट लगोको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । घइते कुर्मीको सिद्धानगर सिटी अस्पताल भैरहवामा उपचार भइरहेको प्रहरी निरीक्षक बस्यालले बताए ।
हवाहुरीले विभिन्न ठाउँमा रुख, विद्युतीय तारपोल ढलेको छ भने विभिन्न घर टहरामा समेत क्षति पुगेको छ ।