अर्किड एजुकेसन प्रालिद्वारा सिटिइभिटी विदाई कार्यक्रम सम्पन्न

हृदयराम गुप्ता 123+ समाचार ( )
१ मंगशिर २०८०, शुक्रबार

मर्चवार, १ मंसिर/ अर्किड एजुकेसन प्रालिद्वारा सिटिइभिटी विदाई कार्यक्रम सम्पन्न भएको छ । संस्था मा अध्ययन गरेका सिटिइभिटीका विद्यार्थीहरुलाई संस्थाले बिहीबार एक कार्यक्रमको आयोजना गरी विदाई कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथि मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले कार्यक्रमको उद्घाटन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना सहित शुभकामना व्यक्त गरेका थिए । साथै अनले मर्चवारी गाउँपालिका भित्रका सम्पूर्ण विद्यार्थीहरुलाई यही मंसिर महिना देखि निःशुल्क लोक सेवा तयारी कक्षा अर्किड एजुकेसन प्र,ालीद्वारा सञ्चालन गरिने जानकारी गराएका थिए ।

सो अवसरमा संस्थामा अध्ध्यन गरेका २ सय जना विद्यार्थीलाई विदाई गरिएको संस्थाका निर्देशक शुखसागर हरिजनले बताए । 

धीरज यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षक, अविभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । भने कार्यक्रमको सञ्चालन अर्किड एजुकेसन प्रालि का संयोजक शिवसागर यादवले गरेका थिए ।

प्रतिक्रिया