मर्चवार । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राजीनामा दिनुभएको छ ।
मेयर शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाउनु भएको हो । बालेनले दिनुभएको राजीनामा पत्र उपप्रमुख डंगोलले बुझेर अभिलेखीकरणको लागि तोक लगाई दर्ता गर्नुभएको छ । राजीनामा पछि बालेन राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय पुग्नुभएको छ । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ ।
रास्वपा प्रवेश गरेर बालेनले झापा–५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् । हाल उनी रास्वपाका वरिष्ठ नेता हुन् । रास्वपा कार्यालयमा बालेनलाई स्वागत गर्ने कार्यक्रम रहेको छ ।