मर्चवार २८ असार/एसईई परीक्षा २०८० मा सहभागी मर्चवार शिवशक्ति ईग्ंिलस बोर्डिङ्ग स्कूल कोटहीमाई ५ की छात्रा बबिता गुप्ताले मर्चवार मै उत्ृष्ट नतिजा ल्याउन सफल भएकी छिन् । परीक्षामा मर्चवार क्षेत्रका सम्मरीमाईबाट ४३१ , मर्चवारीबाट ७२२ र कोटहीमाई गाउँपालिकाबाट ५६२ सहभागी मध्ये उनी उत्कृष्ट नतीजा ल्याउन सफल भएकी मर्चवार शिवशक्ति ईग्ंिलस बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक श्यामसुन्दर पालले बताए ।
कोटहीमाई ५ देवनबस्कापुर बस्ने रामब्रत गुप्ताकी छोरी उनी उक्त विद्यालयमा कक्षा नर्सरीदेखी अध्ययन गर्दै आएकी थिइन् । कक्षा नर्सरीदेखी नै उनी आफ्नो कक्षामा प्रथम हुदै आएको प्रधानाध्यापक पालले जानकारी दिएका छन् ।
मर्चवारी गाउँपालिकामा ५ सामुदायिक र १ निजि विद्यालयबाट ७ सय २२ सहभागी मध्ये जनता माध्यमिक विद्यालयका विद्यार्थीले ३.७९ जिपीए ल्याई उक्त पालिकाको उच्च जिपिए रहेको छ । यसैगरी सम्मरीमाई गाउँपालिकाबाट ५ सामुदायिक विद्यालयबाट सहभागी ४ सय ३१ विद्यार्थीहरु मध्ये मुडिला माध्यमिक विद्यालयबाट ३.४९ जिपीए ल्याई उक्त पालिकाको उच्च जिपिए रहेको छ ।
यसैगरी कोटहीमाई गाउँपालिकाबाट ७ वटा सामुदायिक विद्यालय र २ निजि विद्यालयबाट ५ सय ६२ विद्यार्थी सहभागी मध्ये सामुदायिक विद्यालय तर्फ मर्यादपुर माध्यमिक विद्यालयका विद्यर्थाीले ३.४ उच्च जिपिए ल्याएका छन् । यस पालिका अन्र्तगत निजि विद्यालय मध्ये मर्चवार शिवशक्ति ईग्ंिलस बोर्डिङ्ग स्कूलबाट बबिता गुप्ताले ३.९ जिपीए ल्याई उत्कृष्ट नतिजा ल्याउन सफल भएकी कोटहीमाई गाउँपालका शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरीले जानकारी दिएका छन् ।