सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न

हृदयराम गुप्ता 123+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

परसहवा, १९ कार्त्तिक

सियारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार होटल सत्कार, सियारी–६ मा भएको सभाले आर्थिक वर्ष ०७९/०८० असार मसान्त सम्मको संस्थाको आर्थिक गतिविधि लेखापरिक्षण प्रतिवेदन सर्वसम्मतले पास गरेको हो ।

कार्यक्रमको प्रमुख अतिथि सियारी गाउँपालिकाको अध्यक्ष थानेश्वर घिमिरेले सियारीमा ४२ वटा सहकारी रहे पनि अधिकांसको उद्देश्य कृषिको लागि मल र विउविजन विक्री वितरण रहेको छ । सयारी गाँउपालिकाको आधार कृषि नै भएकोले पालिकाले उत्पादनको आधारमा अनुदान दिदै आएको बताए । कृषिका धेरै उत्पादनमा पालिका आत्मनिर्भर भएपनि केहीमा अझै परनिर्भर भएकोले खुर्सानी, लसुन, बेसार लगायतको कृषि उत्पादनमा उत्पादनकै अनुदानको व्यवस्था गरेका जुन कृषि क्षेत्रमा राष्ट्रकै नमूना कार्यक्रमको रुपमा रहेको अध्यक्ष घिमिरे बताए । उनले किसान कार्ड मार्फत मलको बिक्री वितरणको व्यवस्था मिलाइएको छ भने सहकारी ऐनलाई मर्यादित रुपमा कार्यान्वयन गर्न सबै सहकारीहरुलाई अाग्रह गरेका छन् । उनले सियारी साकोसले गरेको सफलतालाई धन्यवाद दिंदै आगामी दिनमा सञ्चालक, शेयर सदस्य र कर्मचारी तीनै पाटालाई समेटेर अझ उत्कृष्ठ सफलता हासिल गर्न शुभकामना व्यक्त गरे ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष विक्रम भुज गुप्ताले आर्थिक वर्ष ०८० को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे । प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७९/०८० मा १ करोड १९ लाख ६१ हजार १ सय रुपैंया शेयर पूँजी तथा २ करोड ८५ लाख ७७ हजार १ सय ७६ रुपैंया ६ पैसा बचत संकलन गरेको जानकारी दिए । त्यसै गरी ४ करोड ५७ लाख २९ हजार ५ सय ९६ रुपैंया ९२ पैसा कर्जा लगानी गरी ३७ लाख ७३ हजार ४ सय ८४ रुपैया ५० पैसा खुद आम्दानी गरेको संस्थाका कोषाध्यक्ष धर्मेन्द्र थापाले जानकारी दिए ।

संस्थाले आ.व. ०८० मा १५ जना विपन्न, असहाय शेयर सदस्यहरुलाई १/१ वटा निःशुल्क बाख्रा दिने घोषण गरेको छ । संस्थामा असल कारोबार गर्ने दुइजना शेयरधनी, २ जना एकल महिला, १ जना उत्कृष्ट बचतकर्ता र १ जना ज्येष्ठ शेयरहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

संस्थाको कुल पूँजी १२ करोड ६४ लाख ७३ हजार ७ सय २२ रहको संस्थाले आ.व. ०७९/०८० शेयर सदस्यहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कार्यक्रममा छिमेकी सहकारी संस्थाका प्रतिनिधी, सल्लाहकार बुद्धिराम हरिजन, कोषाध्यक्ष धर्मेन्द्र थापा, लेखासमितिका संयोजक धर्मराज यादव लगायतले बोलेको थिए । कार्यक्रम सल्लाहकार तुलसा शर्माको स्वागत तथा संस्थाका सचिव राजन चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार