मर्चवार न्यूज
मर्चवार १२ कार्तिक÷रुपन्देहीको सम्मरीमाई ६ दयानगरमा हतियार देखाएर ५ लाख ५० हजार लुटिएको छ । मर्चवारी ३ रायपुरका प्रकाश बरईले भैरहवाबाट ल्याउदै गरेको रकम २ जनाको अज्ञात समुहले रकम लुटेको ईलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
करीब ६ बजे भैरहवाबाट मर्चवारी ३ रायपुर आफ्नो निवास तिर जादै गरेको प्रकाश बरईलाई सम्मरीमाई ६ डिहुली र दयानगरको बिचमा रकम लुटिएको ईप्रका मर्चवारका प्रहरी निरीक्षक रेशम पौडेलले जानकारी दिएका छन् । रकम लुटेको खबर पाउन साथ लुटेरा समुहको खोजतलास जारी राखेको उनले बताए ।
प्रकाश बरईको रायपुरमा गल्लाको ब्यवसाय रहेको छ । भैरहवा–मर्चवार सडक खण्डमा सोही दिशाबाट आएका भारतीय नम्बर भएको मोटरसाइकलमा सवार २ जनाको अज्ञात समुहले पेस्तोल देखाई रकम लुटेको प्रकाश बरईको भाई मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले जानकारी दिएका छन् ।