रूपन्देही ४ मा शान्तीपूर्ण मतदान सुरु

मर्चवार न्यूज 382+ समाचार ( )
२१ फाल्गुन २०८२, बिहीबार

मर्चवार । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु भएको छ । निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको जानकारी दिएको हो  ।

यसैगरी रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा पनि शान्तीपुर्वक मतदान सुरु भएको छ । 

मतदानमा महिला र पुरुषको छुट्टाछुट्टै लाइन हुनेछ । अपांगता भएका, अशक्त, वृद्धवृद्धा, बिरामी, सुत्केरी, गर्भवतीहरुलाई लाइनमा बस्न नपर्ने विशेष सुविधाको ब्यवस्थापन गरी मतदान सुरु भएको छ । 

क्षेत्र नं. ४ मा ४८ वटा मतदान स्थल रहेका छन भने १ सय ३३ वटा मतदान केन्द्र रहेका छन् । ६ वटा पालिकाबाट ३१ वडा समेटिएको यस क्षेत्रमा १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका निर्वाचन कार्यालयले जानकारी दिएको छ । 


प्रतिक्रिया

सम्बन्धित समाचार