क्षेत्र नं. ४ को विकास अब रास्वपाको जिम्मा : रबी लामिछाने

मर्चवार न्यूज 382+ समाचार ( )
२७ माघ २०८२, सोमबार

मर्चवार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष तथा पूर्व गृहमन्त्री रबी लामिछानेले रुपन्देही क्षेत्र नं. ४ को विकासको जिम्मेवारी अब राष्ट्रिय स्वतन्त्र पार्टीले लिने बताएउनुभएको छ । सोमबार मर्चवारीदेवी मन्दिरमा दर्शन तथा पूजापाठका लागि पुग्नुभएका अध्यक्ष लामिछानेले सो कुरा बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “यो क्षेत्रको विकासको जिम्मा अब रास्वपाले लिन्छ । रास्वपाको बहुमतको स्थायी सरकारले समग्र देशको विकासको जिम्मा लिनेछ ।” मर्चवारीदेवी मन्दिर परिसरमै सम्बोधन गर्दै उहाँले थप्नुभयो, “यही मन्दिरमा बसेर म प्रण गर्दछु कि हामी इमान्दारीका साथ नेपाली जनताको सेवा गर्नेछौँ । हाम्रो कुनै व्यक्तिगत लाभको उद्देश्य छैन ।”

उहाँले कुनै एक क्षेत्र मात्र नभई सिंगो नेपालको विकासका लागि संकल्प गरिएको उल्लेख गर्दै भन्नुभयो, “सिंगो नेपालको विकासका लागि यही मन्दिरबाट प्रण गर्दछौँ। अब नेपाल विकासको नयाँ युगमा प्रवेश गर्नेछ । फागनु २१ गते पछि नेपालको नयाँ युगको इतिहास हरेक नेपालीले लेख्नेछ।”

मर्चवारीदेवीको दर्शन तथा पूजापाठका लागि अध्यक्ष लामिछानेसँगै रास्वपाका विभिन्न नेता तथा कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित भीडले रास्वपाप्रति जनसमर्थन र परिवर्तनको चाहनालाई स्पष्ट रूपमा झल्काएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार