दुई दर्जनबढी जनमतमा प्रवेश

मर्चवार न्यूज 382+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न पार्टी परित्याग गरी २ दर्जन बढी जनमत पार्टीमा प्रवेश गरेका छन् । जनमत पार्टी मर्चवारी गाउँपालिकाको आयोजनामा मर्चवारी गाउँपालिका वडा नं. ३ मा शुक्रबार एक कार्यक्रमका बीच पार्टी प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र यादवले नवप्रवेश गरेकालाई स्वागत गर्दै देश र जनताको हितमा काम गर्ने जनमत पार्टी लोकप्रिय बन्दै गएको बताए । हरियो नेपाल, स्वस्थ नेपाल, समृद्धि नेपाल सहित कृषि उपजमा बृद्धिको लागि विभिन्न किसानमुखी योजनाको साथ जनमत पार्टी विभिन्न ठाउँमा नेतृत्व गरिरहेको प्रमुख अतिथि पार्टीका सचिव यादवले बताए । संगठन विस्तारमा कार्यक्रमलाई प्रभावकारी बनाउन जनमत पार्टीका नेता, कार्यकर्ता, भातृसंगठनहरुलाई सक्रिय हुनका साथै जनमत पार्टीको उद्देश्य र सन्देश जनजनमा पु¥यउन आग्रह गरे । 

कार्यक्रममा पार्टी प्रवेश संगै मर्चवारी गाउँपालिकामा महिला युवा किसान दलित जनमत संघ गठन गरिएको थियो । रामसेवक खरबिन्दको अध्यक्षतामा पम्पन्न उक्त कार्यक्रममा कार्यकरिणी सदस्य रामकेश गुप्ता, निर्मला हरिजन, गुड्डु मौर्य, रामसुमेर ठाकुर, मनोज यादव, शिला मौर्य, गिता हरिजन, रामसंकर यादव, मुनीलाल केवट, रामकान्त मौर्य, अशोक यादव, लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन बिजय यादवले गरेका थिए ।

प्रतिक्रिया

आशिष साहनी ८ भाद्र २०८२, आइतबार

Good work

सम्बन्धित समाचार