मगरात राष्ट्रिय समन्वय समितिको प्रशिक्षण स्थगित ।

Marchuwar News 1+ समाचार ( )
१८ माघ २०७८, मङ्गलबार

 माघ१८,                                                  जनता समाजवादी पार्टी नेपाल, मगरात राष्ट्रिय समन्वय समितिको  मिति:२०७८ माघ २९ गते बुटवलमा हुने  भनिएको प्रशिक्षण कार्यक्रम स्थगित हुने भएको छ । आज सो समितिका अध्यक्ष पुर्मती ढेंगा मगरले एक प्रेसविज्ञप्ती जारी गर्दै हाल कोरोना भाईरस संक्रमणको तेस्रो लहर फैलिदों मात्रमा रहेको र  नेपाल सरकारले २५ जना भन्दा बढी भेला हुने रोक लगाएको कारण उक्त प्रशिक्षण कार्यक्रम स्थागित गर्नु परेको बताएको छ । "पहिचान र अधिकार" विषयक प्रशिक्षण कार्यक्रममा पार्टीका नेता कार्यकर्ता, मगरात राष्ट्रिय समन्वय समितिका पदाधिकारी सदस्य एवं राष्ट्रिय समितिका  सदस्यहरु सहभागीता गराउने कार्यक्रम रहेको लुम्बिनी प्रदेशका श्रमरोजगार तथा यातायात मन्त्री समेत रहनु भएकी अध्यक्ष  ढेंगा मगरले प्रेस विज्ञपति जानकारी दिए । अर्को सूचना नभए सम्मलाई उक्त प्रशिक्षण कार्यक्रम स्थागित गरेको विज्ञप्ती मार्फत बताएको छ । 

पार्टीको विधान र नियमवाली बमोजिम  शासकीय स्वारुप १०+१ को आवधारणामा लैजानु पर्ने , पहिचानको मुद्दालाई साकार बनाउने, जस्तो मुद्दालाई अगाडि सार्दै उक्त कार्यक्रम राखेकोथियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै