सम्मरीमाईमा बक्तृत्वकला प्रतियोगिता अक्ष्यकुमार प्रथम

मर्चवार न्यूज 367+ समाचार ( )
२५ मंगशिर २०८१, मङ्गलबार

मर्चवार २५ मंसिर । रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ‘जलवायु परिवर्तनले लैङ्गिक सामाननतामा पारेको असर’ विषयकमा सम्मरीमाई गाउँपालिका भित्रका ८ वटा सामुदायिक विद्यालयका ८ छात्र र ८ छात्रा गरी १६ जना विद्यार्थीहरु बिच उक्त प्रतियोगिता सम्पन्न भएको हो । 


सम्पन्न उक्त प्रतियोगितामा मुडिला अधारभूत विद्यालयका विद्यार्थी अक्षय कुमार मौर्यले प्रथम स्थान हासिल गरेका प्रतियोगिता मुल्यांकन समितिका संयोजक रामदास गौडले बताए । यसैगरी कृषक आदर्श माध्यमिक विद्यालयका विद्यार्थी मनिसा लोधले द्वितीय, जनता माध्यमिक विद्यालयका विद्यार्थी सन्नीदेवल बरई तृतीय र असुरैना माध्यमिक विद्यालयका विद्यार्थी आशिष बरईले चौथो स्थान हासिल गरेका संयोजक गौडले जानकारी दिएका छन् । 

सम्मरीमाई युवा संजाल सिडिएम नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा मिजेरियर, के.जेड.ई र सम्मरीमाई गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार