कोटहीमाई गाउँपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न
१४ श्रावण २०८१, सोमबार

मर्चवार १२ साउन÷रुपन्देहीको कोटहीमाई गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को सार्बजनिक सुनुवाई सम्पन्न गरेको छ । गाउँपालिकाले उक्त आ.व.मा गरेको विकास निर्माणबारे गुनासो, प्रश्न तथा सुझावबारे शुक्रबार सार्बजनिक सुनुवाई सम्पन्न गरेको हो ।
गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न विभिन्न बिकास निर्माण कार्य तथा कार्यक्रमहरुबारे वार्षिक प्रतिवेदन पछि कार्यक्रममा उपस्थित विभिन्न ब्यक्तिहरुले विभिन्न प्रश्नहरु गरेका थिए । कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सबैको सुझावले नै उत्कृष्ट बिकास हुने बताए । सार्बजनिक सुनुवाई कार्यक्रममा उठेको विभिन्न सवालहरुको जवाफ दिदै उनले भने ‘काम गर्ने क्रममा हुने त्रुटी गर्नेले देखदैन त्यसलाई उपयोग गर्ने र निगरानी गर्नेले मात्र थाहा पाउने गर्दछन । यसपालिकाद्वारा गरिने विभिन्न कार्यहरुको वास्तविक निगरानी गर्ने पालिकावासीहरु हुन जसको क्षेत्रमा काम हुने गर्दछ उसले स्वयं त्यसको प्रमुख निरीक्षक हो । समयमै निगरानी गरी सचेत गराउनु पर्दछ ।’ काम गर्ने र सेवा दिने समयमा सबैको गुनासोलाई सुन्न र सम्बोधन गर्न नसकिएको भन्दै सार्बजनिक सुनुवाई मार्फत सबैको गुनासोलाई सम्बोधन गर्ने अध्यक्ष त्रिपाठीले बताए । सार्बजनिक सुनुवाई कार्यक्रममा उठेका विभिन्न प्रश्नलाई सम्बोधन गर्ने प्रयास संगै त्यसालाई सुझावको रुपमा लिइएको अध्यक्ष त्रिपाठीले बताए ।
कार्यक्रमा बोल्दै पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले पालिकाले मापदण्ड बिपरित र आपारदर्शीताले कुनै कार्य नगरेको बताए । संघीयताले ल्याएको विभिन्न ऐन कानून टेकेर काम गदै आएको बताउदै पालिकाको हरेक गतिविधिलाई पारदर्शीता बताउन सूचनाको हक अन्तरर्गत सुचना उपलब्ध गराउदै आएको बताए । उनले भने ‘संघीयतालाई सुशासनले टिकाउने सुशासन कायम भए संघीयताको अनुभुती हुन्छ त्यसैले सुशासन प्रति सम्बेदनशील भई काम गर्दै आएका छौँ ’ । सुशासनका लागि कर्मचारी जनप्रतिधि संगै सेवाग्राहीसंग एकआपसमा सहकार्य र सदभावको भवना राखी आफ्नो पदीय जिम्मेवारी वाहन गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत गौडले बताए ।
कार्यक्रमा समाजसेवी गुरुवचन यादव, मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था मझगावाँका सचिव जगरनाथ प्रसाद कुर्मी, समाजसेवी महेश्वर मुराव, समाज सेवी श्यामसुन्दर यादव, कोटहीमाई ५ का वडा सदस्य हबिब खाँन, अपाङ्ग पुनरस्थापना मर्चवारका अध्यक्ष अशिस यादव, लगायत विभिन्न ब्यक्तिहरु कोटहीमाई गाउँपालिकाको विभिन्न कार्यहरुबारे प्रश्न सहित पालिकालाई विभिन्न सुझावहरु दिएका थिए ।
सार्बजनिक सुनुवाई कार्यक्रमा उठेका विभिन्न शाखागतका प्रश्नलाई प्राविधिक शाखा प्रमुख ई.नवराज भण्डारी, स्वास्थ्य शाखा प्रमुख रामनिवास यादव, शिक्षा शाखाका प्राविधिक सहायक मनोहर चौधरी, रोजगार संयोजक कृष्ण यादव लगायतकाले सम्बोधन गरेका थिए ।
गाउँपालिका अध्यक्षको अध्यक्षता तथा साथ मिडिया हाउस प्रा.ली.कोे सहयोगमा सम्पन्न उक्त सार्बजनिक सुनुवाई कार्यक्रमलाई बसन्त बन्जाडेले संचालन गरेका थिए ।