इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट भोलीदेखी सुरु हुने

महेश गुप्ता 92+ समाचार ( )
१२ माघ २०८०, शुक्रबार

अमित चौहान

लुम्बिनी÷ लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ पर्साको गौतम बुद्ध होटेलमा पत्रकार सम्मेलन गरि लुम्बिनी नव युवा क्लबका अध्यक्ष अहमद हुसेनले इन्डो नेपाल क्रिकेट टुर्नामेन्ट पीएलपीएल सिजन ६ भोली माघ १३ गते  शनिबारदेखि सुरु हुने भएको बताएका छ्न ।

लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरिया खेल मैदानमा क्रिकेट टुनामेन्ट पीएलपीएल सिजन ६ प्रतियोगिता हुन  गईरहेको आयोजकले बताएको छ । क्लबले  माघ ११ गते लुम्बिनीमा पत्रकार सम्मेलन  गरी २० दिनसम्म प्रतियोगिता संचालन हुने जानकारी गराएको छ ।

लुम्बिनीमा भारत र नेपालका क्रिकेट टिम सहभागी हुने भएकोले  ईण्डो–नेपाल क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगितामा  भारतका १६ टिम र नेपालका १६ टिम गरि ३२ वटा टिमको सहभागीता रहने आयोजकले बताएका ।

स्थानिय स्तरबाटै खेलाडीहरुलाई प्रोत्साहन गरि क्रिकेट खेल प्रति मनोबल बढाउने उद्देश्यले पडरिया लुम्बिनी प्रिमियर लिगको नामले प्रतियोगिता हुदै आएको छ । अहिले हुन गइरहेको  प्रतियोगिताको छैठौं अस्तरको हो ।

प्रतियोगितामा भारतको गोरखपुर, बनारस, सिद्धार्थनगर लगायतका जिल्लाबाट टिमहरु दर्ता भएको आयोजक लुम्बिनी नवयुवा क्लबका अध्यक्ष अहमद हुसेनले बताए । यस्तै नेपालबाट सिरहा, मर्चवार लुम्बिनी कपिलवस्तु नेपालगञ्ज लगायतका विभिन्न स्थानबाट टिमहरु प्रतियोगितामा भाग लिने अध्यक्ष अहमदले बताएका छन् ।

यस प्रतियोगिताको पुरस्कार राशी पनि बढाईएको अहमदले बताए । पहिलो पुरस्कार २ लाख र दोश्रो पुरस्कार १ लाख , यस्तै बेस्ट बलर, बेष्ट ब्याटर, म्यान अफ द म्याच, अनुशासित टोली लगायत सेमी फाईनल पुग्ने अन्य टोलीलाई पनि पुरस्कारको ब्यवस्था रहेको अहमदले जानकारी दिए ।


यस पाली प्रतियोगितामा करिब २० लाख खर्च लाग्ने उनले बताएका छन् । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् संगै लुम्बिनी सांस्कृतिक नगरपालिका लुम्बिनी  विकास  कोष  विदेशमा रहेका युवाहरु  संघ संस्था  समाजसेवी  होटलहरु लगाएतका स्थानियहरुको सहयोग संकलन भइरहेको  अध्यक्ष  अहमदले बताएका  छन।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै