माननीयज्यूलाई मेरो चिठी

मर्चवार न्यूज 367+ समाचार ( )
८ अशोज २०८१, मङ्गलबार

माननीय जी नमस्कार । सायद तपाई सन्चै हुनुहुन्छ होला । म तपाई कै निर्वाचन क्षेत्र मर्चवारको मर्चवारी गाउँपालिका वडा नं. ६ बैरिहवा बस्ने बिनोद कोहार एक किसान हुँ । तपाईलाई भेटेको करीब २ वर्ष भयो । २०७९ मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा देखेको थिए । तपाईले मेरो टोलमा आउँदा हामी गाउँवासीहरुले देखाएको समस्या प्रति गरेको वाचा आज सम्म पुरा नभएकोले हजुरलाई मर्चवार सन्देश मार्फत यो पत्र लेख्दैछु । 

खेतमा काम गरिरहेको बखत नै भोखिरहेको पिडाहरु दर्साउदै छु । देशले मर्चवारलाई बिर्से जस्तो तपाई पनि मर्चवारलाई न बिर्सीदिनुहोला । पिपरहवा, बैरिहवा र भिलरहवाको पुर्व भारतको सीमासंग सटेको क्षेत्रमा करीब ३ सय बिगहामा विभिन्न किसिमको तारकारी खेती हुने गर्दछ । उक्त क्षेत्रमा हुने खेतीमा सिँचाईको लागि विद्युतीकरण गरिदिने भनी वाचा गर्नुभएको थियो । खै त २ वर्ष सम्म आफ्नो वाचा पुरा गरेका ? यस क्षेत्रमा न त नहर छ न त डिप टियूबेल नै । भारतीय सीमाको रुपमा रहेको डन्डा खोलाबाट १ क्विन्टल डिलेभरी पाइप बिछाएर माहगों डिजेल खर्चेर सिँचाई गर्नुपरेको छ । कहिलेकाँही त हैन्डपाइप कै सहाराले सिँचाई गर्नुपर्ने हुन्छ । बलुटे माटो र खोला किनारा रहेकोले सिँचाइ गरिएको खेतहरु १–२ दिन मै सुकेर जान्छ । तर यादि विद्युतीकरण भएको भए थोरै रकम खर्च गरेर धेरै समय सम्म र दिनहुँ सिँचाइ गर्न सहज हुन्थ्यो । जसले नेपाल विद्युत प्राधीकरणको आमदानी पनि बढथ्यो । पम्पसेट बाट सिँचाई गर्दा नेपालबाट डिजेल खरीद गर्दा महँगो पर्नुको साथै १५ मिलोमिटर टाढा जानु पर्दछ तर भारतबाट ल्याउँदा सस्तो पर्नुको साथै २ किलो मिटर मै पाउन सकिन्छ । यसरी भारतबाट सहज भएको यहाँका किसानले भारतमै खरीद गर्ने गर्दछन जसले नेपालको पैसा भारतमा गइरहेको छ । 

नेपालको विकासको सन्दर्भमा मर्चवारलाई कुना कप्चा भनेर सवतेला ब्यवहार गरिएको देखिन्छ । हो त्यस्तै मर्चवारको विकासको सन्दर्भमा कुना कप्चा भनेर हाम्रो टोल बस्तीलाई पनि नजर अन्दाज गरिएको जस्तो लाग्छ । यस क्षेत्रका हामी किसानले फुलगोभी, आलु, टमाटर, प्याज, मुला, गाँजर, परवर, खुर्सानी, साग, सेम, बोडी, लौका, काँक्रो, भन्टा, सलगम, पातगोभी, लसुन, बेसार, धनिया, राजमा, कुन्द्रु, फर्सी लगायत विभिन्न किसिमको तरकारी फलाउने गर्दछौँ । यहाँ उत्पादन भएको तरकारी भैरहवा, बुटवल, पोखरा लगायत तपाई बसेको काठमान्डौँ सम्म पुग्ने गर्दछ । मैले सुनेको छु कि शहर बस्नेहरुले किसानको पसिनाले उपजाएको तरकारी खान्छन तर किसानको पिडा बुझदैनन् तर तपाई यही मर्चवारको छोरा हो मर्चवारबाट निर्वाचित भएर जानु भएको मलाई विश्वास छ कि तपाईले हाम्रो पिडा आवश्य बुझनुहुन्छ ।

हामीले उत्पादन गरेको तरकारी नेपालको बजारमा पु¥याउन चाहदा थोक बजार नजिक र हाम्रो पायक ठाउँमा नभएकोले कतिपय तरकारीहरु भारतमा पठाउनुपर्ने अवस्था हुन्छ जहाँ उचित मुल्य पाइएको हुदैन । मर्चवारमा एउटा मात्र तरकारी संकलन केन्द्र रहेको हुँदा सोबाट पनि हामीलाई मार्का परेको छ । बागौली तुनिहवा सडकखण्डमा कुनै तरकारी संकलन केन्द्र संचालनमा आए भने हाम्रो उत्पादन सहज रुपले बजार सम्म पुग्ने थियो । 

मर्चवार सन्देश मार्फत तपाईलाई पठाएको चिठी तपाई पाउनुहुनेछ भन्ने विश्वास लिएको छु । यो चिठी पछि तपाईको योजनामा हाम्रो क्षेत्रको पीडा अवश्य समावेश हुनेछ भन्नेकुराको अपेक्षा गरेको छु । 


प्रतिक्रिया

Sanu yadav ९ अशोज २०८१, बुधवार

Bed rest ma holan marchawar ko saheyab।।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार