मर्चवारमा आगलागी, प्रहरी र स्थानीय निभाए आगो

मर्चवार न्यूज 367+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

मर्चवार । रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ मा आगलागी भएको छ । मझगावाँ चोकमा रहेको चन्द्रभान यादवको नास्ता पसलमा भएको आगलागी पछि प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका हुन् ।

परिवार समेत बस्दै आएका उक्त पसलमा आगलागी भई लत्ताकपडा, खद्यान्न, भाडा वर्तन, खाट लगायतका सामाग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय मझगावाँले जानाएको छ । करीब १० बजे भएको आगलागी समयमा दमकल नआएपछि सशस्त्र प्रहरी बल मझगावाँ, इलाका प्रहरी कार्यालय मझगावाँका सहित स्थानीयहरुले आगो नियन्त्रण गरेका इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए । 

आगलागी भएको पसल जस्तापाताको रहेकोले आगो अन्य पसलमा कुनै असर नगरेको र आगो नियन्त्रण गर्न सजिलो भएको बताउदै उक्त आगलागीमा कुनै किसिमको मानवीय क्षति नभएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् ।

आगलागीका कारण र पूर्ण क्षति विवरण आउन बाँकी रहेको जानकारी गराउदै घटनाबारे थाप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बस्यालले दिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार