पुल टुटदा विद्यालय पुग्न समस्या

हृदयराम गुप्ता 121+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

मर्चवार÷ कोटहीमाई गाउँपालिका वडा नं. ४ कि प्रतिभा चौधरीले गुणस्तरीय शिक्षा पाउन आशले ५ किलोमिटर टाढा रहेको श्री ठर्की माध्यमिक विद्यालय मर्चवारी ६ जाने गरेकी छिन् । उनको गाउँमै विद्यालय रहेपनि त्यहाँ राम्रो पढाई नहुने भएको भन्दै उनी पैदल नै ठर्की माध्यमिक विद्यालय पुग्ने गरेकी बताइन् ।

विद्यालय पुग्ने बाटोमा निर्माण भएको सानो पुल टुटदा विद्यालय पुग्न समस्यको सामना गर्नुको साथै ढिला पनि हुने गरेको उनको समस्या रहेको छ । कक्षा १० अध्धयन गर्ने उनी भन्दिछन ‘विद्यालयको समयमा धेरै विद्यार्थीहरु यही बाटो प्रयोग गर्दछन त्यसैले एकैपटक यहाँ जाम हुन्छ, अर्को बाटो प्रयोग गर्दा निकै ढिला हुन्छ । कि त जाममा केही बेर कुर्नुपर्ने हुन्छ कि त हिलम्मे बाटोको प्रयोग गर्नुपर्दछ । पुल टुटेपछि जुत्ता लगाउन पाइएको छैन सधै चप्पल लगाएर आउनु पर्दछ ।’ मुख्य सडकबाट विद्यालय पुग्न निर्माण गरिएको सडकमा पर्ने सन्त प्रसाद बढईको जग्गामा उनको सहमाती नहुँदा फराकिलो सडक निर्माण हुन सकेन । सडक निर्माण नहुँदा विद्यालय पुग्न कामचलाउ पुल निर्माण गरी आवतजावत भइरहेको थियो । मंगलबार अज्ञात ब्यक्तिहरुले सो पुललाई भत्काएपछि अहिले उक्त विद्यालयमा अध्ययनको लागि आउने १ हजार भन्दा बढी विद्यार्थीहरुले समस्याको सामना गरिरहेका छन् ।

सोही विद्यालयका विद्यार्थी खुलाब कुमार खटीक  भन्दछ ‘कहिले हिलम्मे बाटोको प्रयोग त कहिले विद्यालयमा अबेला पुग्ने समस्याको समाना गरिहेका छौँ । अपरचित ब्यक्तिहरुले पुल टुटाले पछि विद्यालयको समयमा एकैपटक विद्यार्थीहरुको चाप बढी भएकोले धरै समस्याको समाना गर्नुपर्ने बाध्यता रहेको छ । ’


इ त उदहण मात्र हो यस्ता समस्या उक्त बाटो प्रयोग गर्ने हरेक विद्यार्थी तथा शिक्षकहरुले सामना गर्नुपरेको छ । अज्ञात ब्यक्तिहरुले उक्त पुल टुटाले पछि विद्यार्थीहरुले खेतको आलीको बाटो प्रयो गर्न बाध्य भएका छन् । वर्षाको समय अहिले हरेक खेतमा पानी भरीभराउ छ । खेतको आलीमा हिलम्मे छ । 

उक्त विद्यालय पुग्न बाटोको रुपमा आली प्रयोग गरिएको थियो तर एकजना बाहेक अन्य किसानहरुको सहमतीमा १० फिटको बाटो निर्माण गरी पिसीसी ढलान गरिएको थियो । तर बिचमा अधुरो रहेको ठाउँमा आली जतीको फराकिलो पुल निर्माण पछि विद्यालय पुग्न सहज भएको थियो । 

गोरेटो बाटोलाई विभिन्न निकायमा पहल गरी उक्त बाटोलाई फराकिलो बनाई पिसीसी निर्माण गरी विद्यार्थी तथा शिक्षकलाई आवतजावतमा सहज भएको उक्त विद्यालयका प्रधानाध्यापक बलिराम यादवले बताए । विभिन्न खेतहरुको पानी बग्ने ठाउँमा विद्यालयको लागतमा २०६७ सालमा निर्माण गरिएको सानो पुललाई स्थानीय अज्ञात समुहले तोडोपछि सबैलाई समस्या भएको उनले बताए । पुलको ठाउँमा ह्युमपाइप राखेर ब्यवस्थित बनाउन खोजिएको तर उक्त जग्गा धनी सन्त प्रसाद बढई नमानेपछि अहिले ह्यूमपाइप सोही ठाउँमा राखिएको छ । पुल टुटेपछि साना विद्यार्थीहरुले विद्यालय आउन छोडेको प्रधानाध्यपाक यादवले बताए ।  उक्त कुराबारे प्रहरीलाई खबर गरेको बताउदै सारोकारवालाहरु उक्त पुल निर्माण गराउनमा सहयोग गर्न अनुरोध गरेका छन् । 


प्रतिक्रिया

Bituk Pandey १७ भाद्र २०८१, सोमबार

समस्या एक होइन अनेकौं छन् उक्त विद्यालयमा,संस्थापकिय देखि लिएर प्रशासकिय,व्यवस्थापकिय र शैक्षणिक पनि । उक्त विद्यालयको स्थापना शायद २००७कि २०१० सालतिर हाम्रै हजूर बुआ स्व. गयादत्त पाण्डेय ज्यू को विशेष पहलमा भएको हो। उक्त विद्यालय ८नं पर्ती अर्थात सरकारी जग्गामा बनेको हो। विद्यालयभन्दा पूर्व पट्टी को बाटो जुन अहिले ढलानको रूपमा देखा पर्छ त्यो पहिलाको कुलो थियो र पोखरी(नारा) संग जोडिएको थियो।बाटो नभएक खण्डमा विद्यालय खोल्न असहज भई त्यस लाई त्यही बेला उहाँ कै अगुवाईमा बाटोको रूप दिइएको हो। उक्त नारा भन्दा पूर्व,उत्र, दक्षिण र पश्चिम पट्टी विद्यालयसम्म भूमिगत जल को सतह एकदमै गहिराइमा रहेको र सोही नारा लगभग १वर्ग km वा सोभन्दा बढीका खेती योग्य जमीन को सिचाईको एकमात्र विकल्प छ ।यस्तो अवस्थामा के विद्यालयको विस्तारको लागि यो उचित छ कि अरू विकल्प पनि छन् विद्यालयको क्षेत्रमा विस्तार को लागि ? के नारा लाई पुर्नु मात्रै विकल्प हो र यही दिगो विकास हो खेती योग्य जमीनलाई बाँझो बनाउनु? कदापि होइन विद्यालय वरिपरिका जमिनहरु को उचित मुआव्जा दिइ त्यसलाई अधिग्रहण गर्ने हो कि । राज्यको करोडौको लगानी छ ।पालिका, प्रदेश र केन्द्र र जनसमुदाय बाट आर्थिक सहयोग संकलन गरि कोष बनाई जग्गा खरिद गरेर पनि त हुन्छ होला नि ।कि होइन र

संस्थापक परिवार १७ भाद्र २०८१, सोमबार

पत्रकार ज्यु लाई धेरै-धेरै धन्यवाद। हाम्रै विद्यालयको समस्या उठाउनु भएकोमा। विद्यालय प्रा.वि. तह को हुँदा जग्गा बढी थियो पछि गएर केही नासमझीको कारणले anti school को रुपमा जग्गालाई अधिग्रहण गरियो। विद्यार्थी बहिनीहरुलाई +2 लेभलको शिक्षार्जनको लागि यसले उच्च सहयोग गरेको छ। विद्यालयको नजिकै लगभग ५.५ कट्ठा क्षेत्रफलमा रहेको एउटा पोखरी (नारा) लाई विद्यालयलाई हस्तान्तरण गराउनको लागि कानुनी प्रक्रिया पूरा गराई दिन सम्पूर्ण शिक्षा प्रेमी सँग श्री ठर्की मा.वि. को विद्यालय संस्थापक परिवार ले आग्रह गर्दछ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै