सम्मरीमाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका’ घोषणा

मर्चवार न्यूज 367+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

मर्चवार । रुपन्देहीको सम्मरीमाई गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बुधबार एक कार्यक्रमका बिच गाउँपालिकाको सभा हलमा उक्त घोषणा गनरिएको हो । 

कार्यक्रका प्रमुख अतिथि जिल्ला खोप समन्वय समिति रुपन्देहीका प्रमुख तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पूर्ण खोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणाका गर्नमा हरेक स्तरको कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा गाउँपालिकावासीहरुको भूमिक उच्च रहेको बताए । गाउँपालिका भित्रका हरेक बालबालिकाको स्वास्थ्यप्रति जिम्मेवार बनी अहारोत्र खट्नुहुने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविका धन्यवादको पात्र भएको बताए । नेपाल सरकारको स्वास्थ्य क्षेत्रमा गरेको लगानीलाई सार्थक बनाउन हरेक योजना सफल पार्न सबैले जिम्मेवारी बाहन गर्नुपर्ने बताए । 

सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले पूर्ण खोपलाई निरन्तर प्रभावकारी बनाउन सबैले नियमित काम गर्नुपर्ने बताए । अध्यक्ष श्रीवास्तवले निर्धारित बालबालिकाहरुलाई स्वास्थ्य बनाउन पूर्ण खोप दिन खटिने महिला स्वास्थ्य स्वयंसेविका, कर्मचारी तथा संघसंस्थालाई धन्यवाद ब्यक्त गरेका थिए । खोपले बाल्यकालदेखि नै मानिसलाई स्वास्थ रहन मद्दत गर्नुका सथौ मानसिक विकासमा समेत असर गर्ने बताउदै बालबालिकाहरुलाई नियमित खोप लगाउन अभिभावकहरुलाई आग्रह गरेका थिए । 


जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अधिकृत सुरेन्द्र प्रसाद द्विवेदीले बालबालिकाहरुलाई स्वास्थ्य रहन विभिन्न रोगबाट लडने विभिन्न समयमा ३० देखि ४० हजार सम्मको खोपमा लगानी गरेको बताए । नेपाल सरकारले उपलब्ध गराउने नियमित खोप संगै अन्य विभिन्न खोपहरु पनि प्रभावकारी बनाउन सबैले सहयोग गर्नुपर्ने बताए । निःशुल्क रुपमा लाग्ने विभिन्न खोपमा सरकारले महंगो लागनी गरेको बताउदै हरेक खोपको आवश्यकता र महत्व बुझेर प्रयोग गर्न सबैलाई आग्रह गरेका थिए । 

गाउँपालिकाले पुर्ण खोप सुनिश्चितता घोषणाको लागि गरेको विभिन्न गतिविधिबारे सम्मरीमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीले प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ मा सम्मरीमाई गाउँपालिकामा एक वर्ष मुनिका ९१४, १२ महिना देखि २३ महिना सम्मका ८८५ जना बालबालिका र अनुमानित १ हजार २ सय ५८ जना गर्भवाती महिलाहरु रहेका उनले जानकारी गराएका थिए । १५ देखि ५९ महिनाका २ हजार ७ सय ३० जना बालबालिकाहरुलाई पूर्ण खोप लगाएको उनले बताए । 

कार्यक्रममा सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंह, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह,  स्वास्थ्य चौकी इन्चार्ज, महिला स्वास्थ्य स्वयंसेविका लगायतकाले मानतब्य राखेका थिए । 

पूर्ण खोप पालिका सुनिश्चित गर्ने कार्यविधि राष्ट्रिय निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रियाहरु पूरा गरी सम्मरीमाई गाउँपालिकाले १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको भन्दै कार्यक्रममा गाउँपालिकालाई पूर्ण खोप सुनिश्तितता प्रमाणपत्र प्रदान गरिएको थियो । जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले उक्त प्रमाणपत्र गाउँपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवलाई प्रदान गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार