मारेर फालिएको अवश्थामा सियारीमा महिलाको शव फेला

मर्चवार न्यूज 367+ समाचार ( )
८ फाल्गुन २०८१, बिहीबार

भैरहवा । मारेर फालिएको अवश्थामा बिहिबार रुपन्देहीमा एक जना महिलाको शव फेला परेको छ । महिलाको शव परालले पुरेको अवश्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए ।

“रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा बुटवल–बेथरी सडक खण्डमा ३५–४० वर्षको देखिने महिलाको शव परालले छोपेको अवश्थामा फेला पारेका छौं ।” उनले भने “महिलाको पहिचान अहिले सम्म पनि हुन नसक्दा यस बारे अहिले नै विस्तृत भन्ने सक्दैनौं ।”

कार्कीले महिलाको मुख ढुङ्गाले किच्याईएको अवश्थामा रहेको हुदा प्रथम दृष्टि यो हत्या हुन सकिने बताए  । उनले घटनास्थलबाट मोबाईल बरामद भएको र घटनास्थलमा नेपाल प्रहरीको कुकुर परिचालन गरिए पनि त्यसले पनि थप केही खुल्न नसकेको बताए ।

शवलाई पोष्टमार्टमको लागि भैरहवा स्थित भिम अस्पताल पठाईएको र यसबारे थप अनुसन्धान भई रहेको उहाँको भनाई छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार