मर्चवार १२ असोज । रुपन्देहीको मर्चवार क्षेत्रमा खोलाले दूध ढुवानी गाडी बगाएको संका पछि खोजतलास जारी गरिएको छ । सम्मरीमाई गाउँपालिका वडा नं. ५ रोइनिहवाबाट तिवारी दूध संकलन केन्द्रको भे १ च २६७६ नम्बरको सो गाडी संकलन केन्द्रबाट दूध लिएर बिहान ५ बजे गएपछि हालसम्म गनतब्यमा नपुगेकोले खोजतलास जारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकार गणेश अर्याालले बताए ।
उक्त गाडीले दिनहु भैरहवाको गौतमबुद्ध अन्ताराष्ट्रिय बिमान स्थल पछाडीको बाटो प्रयोग गरी दूध ढुवानी गरिरहेको आज पनि सोही बाटो प्रयोग गरिएको आशंका रहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । उनले भने ‘उक्त बाटोमा पर्ने घाघरा खोला निर बाटो निकै ओरालो रहेकोले सो ठाउँबाट गाडी बगाएको अशंका पछि सशस्त्र प्रहरी बलको टीमद्वारा खोजतलास जारी रहेको छ । तर गाडी बगाएको प्रमाणित जानकारी आएको छैन । ’
मर्चवारको रोइनिहवाबाट भैरहवा, बुटवल लगायत विभिन्न ठाउँमा दूध पु¥याउन बिहान ५ बजे हिडेको उक्त गाडी सहित चालक र सहचालक अहिले सम्मा सम्पर्कमा नआएको तिवारी दुध संकलन केन्द्रका संचालक पुनेन्द्र तिवारीले बताए । दिउँसो सम्म सम्पर्कमा नआएपछि प्रहरीलाई खबर गरी खोजतलास सुरु गरिएको उनले बताए ।