मर्चवारी गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन

मर्चवार न्यूज 367+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

मर्चवार ।  नेपाल सरकारको मंसिर २ गते बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देहीस्थित मर्चवारी गाउँपालिकाको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार गाउँपालिकाको केन्द्र पनि वडा नं. ३ रायपुरबाट सारेर वडा नं. ४ खैरा कायम गरिएको छ ।

मन्त्रिपरिषद् निर्णय नं. २४ मा उल्लेख छ, “मर्चवारी गाउँपालिका, रुपन्देहीको नाम परिवर्तन गरी मर्चवारीमाई गाउँपालिका तथा केन्द्र वडा नं. ३ रायपुरबाट परिवर्तन गरी वडा नं. ४ खैरा कायम गर्ने।”


नाम तथा केन्द्र परिवर्तनसँगै गाउँपालिकाको स्थायी प्रशासनिक भवन निर्माणको प्रक्रिया अघि बढ्न सक्ने गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताएका छन् । उनका अनुसार, अहिलेसम्म केन्द्र रहेको वडा नं. ३ मा भवन निर्माणका लागि आवश्यक जग्गा नहुँदा प्रक्रिया रोकिएको थियो भने वडा नं. ४ मा जग्गा उपलब्ध भए पनि केन्द्र नहुँदा भवन निर्माण अघि बढ्न सकेको थिएन ।

अध्यक्ष बरईले भने, “म निर्वाचित भएयता गाउँपालिकाको नाम परिवर्तन र भवन निर्माणका लागि जग्गा व्यवस्थापन गर्न निरन्तर प्रयासरत थिएँ । अब निर्णय आएपछि भवन निर्माणको बाटो खुलेको छ ।”

उनका अनुसार, अब छिट्टै ठेक्का प्रक्रिया अघि बढाई प्रशासनिक भवन निर्माण कार्य सुरु गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार