मर्चवार १६ असोज । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुनेभएको छ । भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्र रुपन्देहीको आयोजना तथा कोटहीमाई गाउँपालिकाको समन्वयमा आसोज १८ गते शुक्रबार कोटहीमाई ६ स्थित कटया आधारभूत विद्यालयको छेऊमा रहेको बगैचामा संचालन हुने कोटहीमाई गाउँपालिकाको अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
बिहान ९ बजे देखि संचालन हुने उक्त शिविरमा गाई, भैँसी, बाख्रा, कुखुरा, गोरु, भेडा लगायत आफ्ना चौपाया पशुहरुको स्वास्थ्य परीक्षण गराउन गाउँपालिका अध्यक्ष त्रिपाठीले आग्रह गरेका छन् । शिविरमा आएका पशु चौपायाहरुको दक्ष चिकित्सकहरुद्वारा स्वास्थ्य परीक्षण गरी आवश्यकता अनुसार औषधी समेत निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिएका छन् ।
मौसम बदली र बाढीको कारण तथा नियमित जनावरमा देखिने विभिन्न रोगलाई लक्षित गरी उक्त शिविर संचालन गरिएको अध्यक्ष त्रिपाठीले बताए । अधिक्तम पशु पालन गर्ने विभिन्न पशुपालकहरुलाई सहजताको लागि समेत उक्त शिविर संचालन गरिएको अध्यक्ष त्रिपाठीले बताए ।