कस्तो रहला आज दिनभरिको मौसम ?

Marchuwar News 1+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

काठमाडौं । अहिले देशमा भारतको बिहारदेखि बङ्गालको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको स्थानमा आंशिक बदली रहेको छ । बिहान प्रदेश नं.१, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश नं.१, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदली रहने छ ।

प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेस प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । त्यस्तै राति प्रदेश नं.१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहने बताइएको छ । प्रदेश नं.१ र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

महाशाखाका अनुसार प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यसैबीच, तराईका भू–भागहरूमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीबाट हुनसक्ने सम्भावित असरबाट जोगिन आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै