कोटहीमाई र मर्चवारी सेमीफाइनलमा

हृदयराम गुप्ता 121+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

मर्चवार १५ फागनु÷रुपन्देहीको शुद्धोधन गाउँपालिकामा भईरहेको अन्तरपालिका कर्मचारी बिच मैत्रीपुर्ण क्रिकेट प्रतियोगितामा कोटहीमाई गाउँपालिका र मर्चवारी गाउँपालिका सेमीफाइनलमा पुगेको खेल संयोजक मुकेश कुँवरले बताएका छन् । आज भएको खेलमा कोटहीमाई गाउँपालिकाले रोहीणी गाउँपालिकालाई र मर्चवारी गाउँपालिकाले शुद्धोधन गाउँपालिकालाई पराजित गर्दै सेमीफाइनलमा पुगेको उनले बताए ।

आज भएको कोटहीमाई गाउँपालिका र रोहिणी गाउँपालिका बिच भएको खेलमा रोहिणी गाउँपालिकाले पहिलो ब्याटिङ्ग गरी १६ ओभरमा ९७ रनको लक्ष्य दिएको थियो । कोटहीमाई गाउँपालिकाले ९ ओभर ५ बल मै उक्त लक्ष्य हासिल गरी ८ बिकेटले बिजयी भई सेमीफाइनलमा गएको खेल संयेजक कुँवारले जानकारी दिएका छन् । बिजयी भएको कोटहीमाई गाउँपालिकाको रिजवान खाँनले मैन अफ द मैचबाट सम्मानित भएका थिए । उनी ९ बलमा ४० रन बनाई १ बिकेट समेत लिएका थिए । 

यसैगरी शुद्धोधन गाउँपालिका र मर्चवारी गाउँपालिका बिच भएको क्रिकेट प्रतियोगितमा मर्चवारी गाउँपालिकाले जीत हासिल गरेको छ । उक्त खेलमा शुद्धोधन गाउँपालिकाले पहिलो ब्याटिङ्ग गरी १६ ओभरमा मर्चवारी गाउँपालिकालाई ७९ रनको लक्ष्य दिएको थियो । मर्चवारी गाउँपालिकाले अन्तिम ओभरमा उक्त लक्ष्यलाई पुरा गरी ७ बिकेटले जीत हासिल गरी सेमीफाइनलमा पुगेको खेल संयोजक कुँवरले जानकारी दिएका छन् । बिजयी भएको मर्चवारी गाउँपालिकाका सुधाकर कुर्मीले मैन आफ द मैचबाट सम्मानित भएका थिए । उनी ४ ओभरमा ५ बिकेट लिएका थिए । 

भोली मर्चवारी गाउँपालिका र कोटहीमाई गाउँपालिका बिच क्रिकेट प्रतिस्पर्धा हुनेछ । यस अघि दुबै पालिकाले २–२ वटा प्रतियोगितामा जीत हासिल गरेको छ । सेमी फाइनलमा बिजयी हुने पालिका फाइनलमा पुग्ने खेल संयोजक कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार