नदीमा बेपत्ता भएको ३ जनाको शव फेला

मर्चवार न्यूज 367+ समाचार ( )
९ वैशाख २०८२, मङ्गलबार

मर्चवार । दानव नदीमा नुहाउने क्रममा बेपत्ता भएका ३ बालकहरुको शव फेला परेको छ । बालकहरु बेपत्ता पछि खोजतलासको क्रममा १ जनाको शव सोमबार र २ जनाको शाव आज मंगलबार फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनाबारे जानकारीपछि वेपत्ता भएको लुम्बिनी संस्कृतिक नगरपालिका वडा नं. २ अर्दौलीका १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव, १२ वर्षीय मुन्नु हरिजनको खोजतलासको क्रममा हिजो राजन यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जीत सिंह राठौरले बताए । यसैगरी बेपत्ता भएका अर्का दुईजना उमेश यादव र मुन्नु हरिजनको खोजतलासको क्रममा आज शव फेला परेको राठौरले जानकारी दिएका छन् । 

सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मेखराज जोशीको नेतृत्व्मा २५ जना जनशक्ति सहित १३ जना गोताखोरको टोलीले खोजतलासमा खटेको थियो । फेला परेको शवलाई पोष्टमार्टमको लागि भिम अस्पताल भैरहवा पठाइएको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार