मर्चवारमा बस दुर्घटना

मर्चवार न्यूज 367+ समाचार ( )
६ माघ २०८२, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा दुईवटा सार्वजनिक बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ । मर्चवारबाट भैरहवातर्फ जाँदै गरेका दुईवटा बस ठोक्किँदा ६ जना यात्रु घाइते भएका छन् । उक्त जानकारी इलाका प्रहरी कार्यालय मझगावाँले दिएको हो ।

मर्चवारको थुम्हवाबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ९४९३ नम्बरको बस र करौताबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ५५५१ नम्बरको बस एकआपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक तपेन्द्र विष्टले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार करौताबाट भैरहवातर्फ जाँदै गरेको बस यात्रु चढाउन कोटहीमाई गाउँपालिका वडा नं. ४ तुनिहवामा रोकिएको अवस्थामा पछाडिबाट आइरहेको अर्को बसले ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि सिद्धार्थनगर सिटी अस्पताल, भैरहवामा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार