मर्चवार ३० मंसिर । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनीबार संस्थाले आर्थिक वर्ष २०८१÷०८२ को आय व्यय प्रस्तुत गर्र्दै सम्मरीमाई ५ पाण्डेय डिह संस्थाको प्रांगणमा उक्त सभा सम्पन्न भएको हो ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्वावलम्बनका अध्यक्ष जयराम गडेरियाले आर्थिक वर्ष २०८०÷०८१ मा ५ लाख ९५ हजार १ सय शेयर पुँजी बृद्धि भई ४९ लाख ७० हजार ७ सय कायम भएको बताए । यसैगरी बचत रकम आर्थिक वर्ष २०८०÷०८१ मा ५५ लाख २७ हजार ४२५ रुपैयला बृद्धि भई ५ करोड ६० लाख २२ हजार १५५ रुपैया कायम भएको अध्यक्ष गडेरियाले जानकारी दिएका छन् । यसैगरी संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा ३ करोड ५३ लाख ७९ हजार ३०० सयको ऋण लगानी गरी २ करोड ९५ लाख ९० हजार ६ सय ऋण असुल गरी सेवा प्रदान गरेको अध्यक्ष गडेरियाले जानकारी दिएका छन् ।
संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्दै ब्यवस्थापक आशोक कुमार तिवारीले संस्थाको कुल सम्पत्ति ८ करोड ४१ लाख ३४ हजार १५६ रुपैया कायम भएको बताए । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको कुल पुँजी ७ करोड ६१ लाख ८९ हजार ७६ रुपैया रहेको जानकारी गदाउदै आर्थिक वर्ष २०८०÷०८१ मा ७९ लाख ४५ हजार ८० रुपैया पुँजीमा बृद्धि भएको तिवारीले जानकारी दिएका छन् । संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा १ लाख ८३ हजार ९१८ रुपैया शुद्ध बचत गरेको उनले बताए ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले सहकारीलाई चौतर्फी घेरा गरी बदनम गर्ने सडयन्त्र भइरहेको बताए । सहकारी आएदेखि साहु महाजन तथा अन्य ठुला बैंकको चर्को ब्याजले असुली धन्दा कम भएको बताउदै सहकारीमा ऋण लिई समयमा फिर्ता नगरी सहकारीलाई बदाम गर्न खोजिएको उनले बताए । उनले भने ‘नेपालमा लाखौ सहकारी रहेका छन् कहि कतै कुनै सहकारीका पदाधिकारी वा कर्मचारीले बदमासी गर्दैमा सो घटनालाई जोडेर अधिराज्यभरीमा सहकारीलाई बदाम गर्ने रणनीती बनाई गलत प्रचार गरिन्छ ।’ ‘विभिन्न संचार माध्यममा दैनिक रुपले आएको सहकारीका समाचारले सार्बजनिक ठाउँमा सहकारीको दाधिकारी हुँ भन्ने अफ्ठयारो लाग्ने अवस्था आउनथालेको छ । उक्त अवस्थालाई चिर्न सबै सहकारी प्रेमी र सरोकारवालाहरुले संबेदनशील हुन अवाश्य छ ।’ प्रमुख अतिथि पंगेनीले भने । सहकारीबाट प्रदान हुने हरेक सेवा सहज र सजिलो रहेको जानकारी गराउदै सहकारीबाट लिएको ऋण सबैले समयमै बुझाउन उनले आग्रह गरे । ‘सहकारी समाजले समाजकै लागि जोगाउने हो र बृद्धि गर्ने हो’ भन्दै वार्षिक साधारण सभामा हरेक शेयर सदस्यले आफ्नो विचार वा सुझाव राख्न सक्ने उनले बताए ।
सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, विधवा पेन्सन, ज्येष्ठ नागरिक बचतकर्ता, एच्छिक बचतकर्ता, बाल बचतकर्ता लगायत विभन्न बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
सभामा सम्मरीमाई ५ का वडाध्यक्ष श्रवण कुमार यादव, वडा नंं २ का वडाध्यक्ष अजय कुमार गुप्ता, श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठी, नवदुर्गा स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक जितेन्द्र यादव, संस्थाका शेयर सदस्य राजु यादव लगायत विभिन्न सदस्यहरुले मनतब्य राखेका थिए ।
राम अनुज प्रताप नारायण त्रिपाठीको संचालनमा सम्पन्न उक्त सभामा संस्थाका सचिव गनेश पाठकले स्वागत मनतब्य राखेका थिए ।