कपिलवस्तुमा बस, कार ठाेकिदा दुईको मृत्यु, ११ घाइते

मर्चवार न्यूज 367+ समाचार ( )
२२ मंगशिर २०८१, शनिबार

लुम्बिनी, २२ मसिंर । कपिलवस्तुको तौलिहवा–भैरहवा सडक खण्डको गुलरीमा ३ सवारी सधान एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएका छन् ।

शुद्धोधन गाउँपालिका–३ गुलरीस्थित भैरहवादेखि तौलिहवातर्फ आउँदै गरेको लु २ ख २३१ नम्बरको बस र विपरीत दिशातर्फ आउँदै गरेको बा १४ च ७४४८ नम्बरको कार  र लु. ३८ प ९१९९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको मृत्यु र ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

कारमा सवार प्युठान पकाला–७ का ४३ वर्षीय निमबहादुर सारुको मेडिकल कलेज भैरहवामा र कार चालक जिल्ला कपिलवस्तु वाणगंगा नगरपालिका–४ हरिहरपुरका ४५ वर्षीय इन्द्रबहादुर सार्कीको कपिलवस्तु अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । 

गम्भीर घाइते भएका चार जनामध्ये तीन जनाको सिद्धार्थ नगर सिटी हस्पिटल भैरहवा र १ जनाको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सामान्य घाइते भएका ७ जनाको लबनीस्थित अल्सेक अस्पताल उपचार भइरहेको छ । बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने उनले जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार