लुम्बिनी । सूचनाको हक सम्बन्धि अभियानकर्ताका लागि २ दिने तालिम रूपन्देहीको बुटवलमा सम्पन्न भएको छ । सूचनाको हक सम्बन्धी क्षेत्रमा क्रियाशील तथा अभिरुचि राख्ने २४ जना अभियानकर्मीहरूको सहभागितामा सम्पन्न सो तालिम सामुदायिक सारथीको आयोजना तथा ग्क्ब्क्ष्म् र त्ज्भ् ब्क्क्ष्ब् ँइग्ल्म्ब्त्क्ष्इल् को सहयोगमा सञ्चालन भएको हो ।
कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले आयोगको गठन, कामकाज, र अधिकार क्षेत्रका बारेमा जानकारी गराउनु भएको थियो। आयोगले हालसम्म गरेको महत्वपूर्ण निर्णय र सूचना शक्तिका बारेमा प्रकाश पार्दै आयुक्त मैनालीले राष्ट्रिय सूचना आयोगलाई अन्य संस्थासँगको तुलनामा बढी शक्तिशाली बताउनु भयो।
प्रशिक्षक तारा बहादुर भण्डारीले सूचनाको हक, यसको सिद्धान्त, सार्वजनिक निकाय, सूचनाको वर्गीकरण, कानूनी प्रावधान, र सूचना अधिकारीको जिम्मेवारी तथा काम कर्तब्य र अधिकार जस्ता विषयमा विस्तृत प्रशिक्षण दिनुभएको थियो। उहाँले सूचना माग्ने तरिका, उजुरीको प्रक्रिया, र सूचनाबाट उत्पादन शक्तिको महत्त्व पनि दर्शाउनु भयो।
त्यसैगरी, प्रशिक्षक कर्ण बहादुर नेपालीले वकालत, सहकार्य, सशक्तिकरण, सूचनाको दुरुपयोग, जरिवाना, र कार्ययोजना लगायतका विषयमा जानकारी दिनु भएको थियो भने अर्का प्रशिक्षक लुनिभा तुलाधरले सूचना मागको पूर्व कार्ययोजना, सशक्तिकरणका उपाय, व्यक्तिगत पहिचान खोज्ने तरिका र महत्त्वका बारेमा बताउनु भएको थियो।
तालिममा सहभागिहरुले तालिम पश्चात कम्तिमा पनि एक एक वटा सूचना माग गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो । कार्यक्रमको अन्तिममा राम बिकास चौधरीको अध्यक्षतामा ११ सदस्यीय सुचनाको हकका लागि जिल्ला कार्य समिति समेत चयन गरिएको छ । कार्य समितीको उपाध्यक्षमा संजय कुमार मिश्र, सचिवमा अग्निशक्ती यादव, सहसचिवमा माया के।सी र कोषाध्यक्षमा बिजया खत्री रहनु भएको छ । त्यसैगरी सल्लाहकारमा महेन्द्र थापालाइ चयन गरिएको अध्यक्ष चॏधरीले बताउनु भयो ।