मर्चवार १३ मंसिर । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था तथा मर्चवार सामुदायिक वन उपभोक्ता समूहको ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार कोटहीमाई ५ स्थित संस्थाको प्रांगणमा एक कार्यक्रमका बिच उक्त सभा सम्पन्न भएको हो ।
मर्चवार लिफ्ट सिँचाई तर्फ आर्थिक वर्ष २०८०÷०८१ को आय व्यय प्रस्तुत गर्दै वर्षभरीमा विभिन्न शिर्षकमा २४ लाख ८९ हजार ६४ रुपैया खर्च भएको संस्थाको ब्यवस्थापक विश्वनाथ आर्यले बताए । यसैगरी सोही आर्थिक वर्षमा २५ लाख ४५ हजार २ सय १९ रुपैया आमदानी भएको ब्यवस्थापक आर्यले जानकारी दिएका छन् । किसानहरुबाट पानी र सदस्यता शुल्कबाट ११ लाख ४७ हजार ३० रुपैया आमदानी भएको जानकारी गराउदै अन्य विभिन्न शिर्षकबाट ३ लाख १० हजार ३५ रुपैया आउनुपर्ने बक्योता रहेको ब्यवस्थापक आर्यले बताए ।
यसैगरी मर्चवार सामुदायिक वन उपभोक्ता समूह तर्फ आर्थिक वर्ष २०८०÷०८१ मा १० लाख ३५ हजार ३ सय १३ रुपैया आमदानी भएको ब्यवस्थापक आर्यले जानकारी दिएका छन् । उक्त आर्थिक वर्षमा विभिन्न शिर्षकमा १० लाख २१ हजार ७ सय २० रुपैया खर्च भएको उनले बताए ।
कार्यक्रमलाई सम्बोदन गर्दै सभाका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पुर्व शिक्षा मन्त्री प्रदेश सभा सदस्य वसीउद्दीन खाँनले मर्चवार लिफ्ट सिँचाइ आयोजनाले मर्चवारको अर्थ ब्यवस्था सम्हालेको बताए । उनले भने ‘मर्चवार पुर्ण रुपले कृषि क्षेत्र हो र यहाँका किसानलाई सिँचाईका लागि मर्चवार लिफ्ट सिँचाईको नहर ठुलो श्रोत हो ।’ नहरलाई बृहत रुपले विकास गर्नुपर्ने आवश्यक रहेको भन्दै आउने वर्षमा यस आयोजनालाई लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा प्रदेशको गौरवको योजनाको रुपमा समावेश गराउने प्रमुख अतिथि खाँले बताए । अहिले भइरहेको डिपआर बमोजिमको आवश्यक बजोट आउने आर्थिक वर्ष २०८२÷०८३ मा प्रदेशबाट बिनियोजन गराउने उनले बताए । मर्चवार क्षेत्रको सडक संजाल जीर्ण अवस्थामा रहेको बताउदै यसै कार्यकालमा मर्चवारको रिंगरोड र बेथरी खैरा सडकलाई पुर्णता दिलाउने प्रिण लिएको बताए ।
सभाका विशिष्ट अतिथि रुपन्देही क्षेत्र नं. ४ ‘क’को प्रदेश सभा सदस्य कन्हैया बनियाले आफुले निर्वाचित हुनु पुर्व नै मर्चवार लिफ्ट सिँचाइ आयोजना प्रति चिन्तनशील रहेको बताए । निर्वाचन पुर्व नै सेमरा सम्म पानी पु¥याउन आफ्नो ब्यक्तिगत लगानीमा नहर सरसफाई गरी पानी पु¥याएको जानकारी गराउदै निर्वाचन लगत्तै बैरघाट देखि अमवा सम्मको नहर सरसफाई गराई पानी पु¥याउनमा प्रर्यासरत रहेको बताए । नरह मर्मतको लागि आफुले बजेट समेत बिनियोजन गरेको तर सो कार्य डिभिजन कार्यलयको कर्मचारीको लापरवाहीले काम गर्न नसकेको बताए । किसानहरुको लागि मल बीउ र पानीको समेत ब्यवस्थापनमा स्थानीय, प्रदेश र केन्द्रका जनप्रतिनिधि एकबद्ध हुनपर्नेमा प्रदेश सभा सदस्य बनियाले जोड दिए । मर्चवार लिफ्ट सिँचाईको नहरलाई पुनः मर्मत गरी आवश्यक ठाउँमा थप गर्नको लागि बजेट बिनियोन गरी डिपिआर कार्य शुभारम्भ गराएको बनियाले बताए । मर्चवारको सडक, विद्युत, मलखाद लगायत अन्य विभिन्न समस्या प्रति आफुले सम्बन्धित निकाय र कार्यालयमा धाईरहेको बनियाले जानकारी दिए ।
साधारण सभामा कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठी, सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, सम्मरीमाई ७ का वडाध्यक्ष राधेश्याम कुर्मी, कोटहीमाई ५ का वडाध्यक्ष संजय कुमार सैनी, कोटहीमाई ४ का वडाध्यक्ष बेचुराम पाल, कोटहीमाई ७ का वडाध्यक्ष पवन कुमार यादव लगायतकाले मनतब्य राखका थिए ।
संस्थाका अध्यक्ष नजीर अहमद खाँनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संस्थाका सचिव जगन्नाथ प्रसाद कुर्मीले संचालन गरेका थिए ।