नेपाल कमर्शियल आर्टिष्ट संघ केन्द्रीय समितिको अध्यक्षमा लिम्बुः रुपन्देहीका घिमिरे सदस्यमा

महेश गुप्ता 92+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

काठमाडौं, १४ जेठ । नेपाल कमर्शियल आर्टिष्ट संघको केन्द्रीय अध्यक्षमा रामप्रसाद लिम्बु विजयी भएका छन् भने केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरे आर्टस्का सञ्चालक रवि घिमिरे (धुन) निर्वाचित भएका छन् । तमु हल, गोङ्गबु बसर्पाक, काठमाडौंमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् । लिम्बु ७४ मत पाउँदा निकटतम प्रतिस्पर्धी चित्रबहादुर कार्की ३१ मत पाए । १०६ मत खस्दा १ मत बदर भएको थियो । ४३ मतान्तरले लिम्बु कार्कीलाई पराजित गरे ।


त्यस्तै उपाध्यक्षमा कमलराज श्रेष्ठ, राजेन्द्र सुवेदी, सुभासकुमार साक्य, शारदा मनन्धर, डम्फे तामाङ्ग, महासचिव सुवस के.सी., कोषाध्यक्ष नवीन कार्की , सहकोषाध्यक्ष सन्तोष कुमार गुप्ता मनोनित भए भने सदस्यहरुमा धनु घिमिरे, श्यामकुमार थापा, धर्मबहादुर विष्ट, युवराज बस्ताकोटी अन्दिलाल सरदार, भोला शाह कानु, सुरेश पुन, देवनारायण पौडेल, कुमार यारा, भरत बाबु पौडेल, सिताराम उप्रेती, रामकृष्ण चौधरी, टिकाराम कार्की, जंगबहादुर पन्डित र राजु श्रेष्ठ निर्वाचित भएका छन् । उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकत ओमप्रकाश गुरुङ्गले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै