कमशल सामाग्री प्रयोग गरेको भन्दै स्थानीयद्वारा बिरोध

मर्चवार न्यूज 152+ समाचार ( )
१४ माघ २०८१, सोमबार

मर्चवार । श्री मार्यादपुर माध्यमिक विद्यालयमा निर्माण भइरहेको भवनमा कमशल सामाग्री प्रयोग गरिएको भन्दै स्थानीयहरुले बिरोध गर्र्दै निर्माण कार्य ठप्प गराएका छन् । कोटहीमाई ३ स्थित उक्त विद्यालयमा लुम्बिनी प्रदेश सरकारको बजेटमा निर्माण भइरहेको ४ कोठे विज्ञान भवन शनीबार स्थानीयहरुले बिरोध गरी कार्य बन्द गराएका हुन् ।

काेटहीमाइ ३ बस्ने  स्थानीय गुरुवचन यादवले निर्माणमा प्रयोग गरिएको बालुवा र इट्टा कमशल हुनुको साथै सिमेन्टको मात्रा समेत कम रहेको बताए । उनले भने ‘‘सरोकारवालाको अनुमगन नहुँदा निर्माण कम्पनीले कमशल सामाग्री प्रयोग गरेको छ । स्थानीय, अभिभावक सहित हाम्रो नजरमा परेपछि निर्माण स्थलमा जादा कमशल सामाग्री प्रयोग गरेको पाइयो । कमशल सामाग्री प्रयोग गरि निर्माण गरिएको दिवाल समेत भत्काएका छौँ ।’’ ‘उक्त भवनमा विद्यार्थीहरु अध्ययन गर्ने हो कमशल सामाग्री प्रयोग गरि बनाएको संरचनामा अध्ययन गर्दा विद्यार्थी तथा शिक्षकहरु जोखिममा हुन्छन । जब सम्म गुणस्तरीय सामाग्रीको प्रयोग हुदैन तब सम्म निर्माण कार्य हुन दिदैनौँ ।’’ समाजसेवी यादवले भने ।

निर्माण स्थलमा आयोजनाबारे कुनै सुचना पाटी समेत रहेको छैन । निर्माण कम्पनीले गरेको गल्तीलाई सच्याएर निर्माण कार्य, निर्माण कम्पनी, निर्माण लागत र लागनी निकाय सहितको जानकारी बोर्ड राख्न समाजसेवी यादवले अनुरोध गरेका छन् ।

सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर हरि बिष्टले कमसल सामाग्री प्रयोग भएको जानकारी पछि कार्य बन्द गरी अनुसन्धनको प्रकृया आगाडी बढाइएको बताए । उनले भने ‘कमसल सामाग्रीबारे प्राविधिक टोली संग ल्याब जाँचको लागि काम सुरु भएको छ । ल्याब र नाँपजाँचको रिपोर्ट नआउन्जेल काम बन्द राख्ने निर्देशन दिएका छौँ ।’

भवन निर्माणको लागि ठेक्का लिएको रोयल एसके निर्माण सेवा गैडहवा ७ का संचालक फागू कुर्मीले स्टीमेट अनुसारकै सामाग्री प्रयोग गरको दाबी गरेका छन् । उनले भने ‘६÷१ को मसाला बनाउने स्टीमेट भएको छ सोही अनुसार काम गरेका छौँ । अधिक शीतलहरले गर्दा १ दिन अगाडी जडान भएको दिवाल नसुकेर मात्रै ढलेको हो । बालुवा अलिकति मासिनो हुन गएको छ त्यो म सुधार्नेछु बाकी कुनै कार्यमा कमशल छैन । ’ 

भवन निर्माण स्थलमा सुचना बोर्ड तत्काल राख्ने निर्माण कम्पनीका संचालक कुर्मीले बताए । 

प्रतिक्रिया