पार्वती थारु
मणिग्राम २५ कार्तिक/ गाउँघरमा मखमली र सयपत्री फूलको वास्ना लिएर तिहार पर्व को रौनक आइसकेको छ । तिहारको वेलामा कुनै पनि अपराधिक क्रियाकलाप हुन नदिका लागी तिलोत्तमा नगरपालिका भित्र मात्र नभएर अन्य ठाउँमा पनि सुरक्षाका साथ तिहारलाई मनाउनका लागी प्रहरी प्रशासन अहोरात्र नागरिकको सेवा र सुरक्षामा खाटिएको छ । शान्ति , सुरक्षा एवम् अपराध अनुसन्धानको विषयमा जिम्मेवारीका साथ भुमिका निभाउदै आउनुभएका इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीका इन्चार्ज लोकनाथ पाण्डेले सुरक्षित रुपमा तिहार पर्व मनाउन आग्रह गर्नुभएको छ । उहाले गृहमन्त्रालयले पुर्ण रुपमा प्लास्टिकका माला विक्री वितरण नगर्न र प्रयोग नगर्न पनि अनुरोध गरेको बताउदै प्राकृतिक फुलको माला प्रयोग गनुपर्नेमा जोड दिनु भएको छ । प्लास्टिकको माला विक्री वितरण गरिएको खण्डमा कारबाही गरिने इन्चार्ज पाण्डेले बताउनु भएको छ । चाडवाडमा विशेष सुरक्षा योजना बनाएर नागरिकलाई सुरक्षित वातावरणमा तिहार पर्व मनाउनका लागी , ठाउँठाउँमा प्रहरी गस्ती पनि परिचालन गरिएको उहाले बताउनु भएको छ । साथै उहाले देउसी भैलो खेल्दा निर्धारित समयवधि भित्र मात्र खेल्ने, जाडरक्सी , जुवातास नखेल्ने , तीव्र गातिमा सवारी साधन नचलाउने , जानै पर्ने छ भने समय लिएर जाने , हतारमा नहिड्ने , पटाका नपड्काउने पनि बताउनु भएको छ । हतारमा हिड्दा र्दुघटना हुन सक्ने, पटका पड्काउदा झिल्का आखाँ वा अन्य शरीरको भागमा पर्न सक्ने भएकाले जोखिम हुने , वालवालिकालाई आभिभावकले पनि पटका नदिने , विक्री वितरण पनि नर्गन सुझाव दिनु भएको छ । यदि कहि कतै अनावश्यक होहल्ला, लडाइ झगाडा, जस्ता अपराधिक क्रियाकलाप भइरहेको छ भने नजिकैको प्रहरीमा खबर गर्नका लागी पनि इन्चार्ज पाण्डेले अग्रह गर्नु भएको छ । उहाले तिहारको अवसरमा शुभकामना दिदै सबै ठाउँमा प्रहरी पुग्न नसक्ने हुदाँ नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई एकआपसमा सहयोग गर्न पनि अग्रह गर्नु भएको छ । उहाले भन्नु भयो “चाडवाड लाक्षित सुरक्षा योजना बनाएका छौ , जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहर िकार्यालय वुटवलसगँ समन्वय गरेर चाडपर्व लाक्षित सुरक्षा योजना बनाएको र त्यही अनुसार कार्यान्वयन पनि हुने छ ।” नागकिले पनि चोरी वा लुटपाट पर्वमा हुने भएकोले घरको झ्याल ढोका राम्रो सगँ लगाउने , सुनसान बनाएर घर खोलेर नजाने , जानै पर्ने भएका छिमेकी वा प्रहरीलाई खबर गरेर गएमा चोरी वा लुटपाट हुनबाट बच्न सकिने इन्चार्ज पाण्डेको भनाइ छ ।
तिहारलाई अनावश्यक खर्च नगरेर राम्रो सगँ मनाउनुपर्ने तिलोत्तमा ९ मंगलापुरमा एसएपि टेर्डसका प्रोप्रइटर मधुकर प्रसाद पौडेलले बताउनु भयो । उहाँले तिहारको शुभकामना दिदै जाडरक्सी नखाने , होहल्ला नगगरी राम्रो सगँ तिहार मनाउनु पर्नेमा जोड दिनु भएको छ । यस्तै तिलोत्तमा ९ निवासी गीता न्योपानेले पनि दाजुभाई र दिदी वाहिनीको आत्मीयताको उत्सवको पर्व तिहार भएकाले सौहर्दपुर्ण वातावारणमा रमाइलोका साथ मनाउनुपर्नै सुझाव दिनु भएको छ । मौलिक परम्परालाई आत्मासात गर्दै विकृति विसंगतिलाई हटाउदै सही र व्यवस्थित तारिकाले तिहार मनाउन सकियो भने तिहार भव्य र सभ्य दुवै हुने उहाले बताउनु भएको छ ।
तिहारलाई थारु समुदायमा “अमौसा ” भनेर मान्ने मनाउने चलन रहेको छ । पुर्खाै देखि मानिआएको संस्कार , धर्म र परम्परा आफै विकृत नभएर विकृतिको शिकार भएको भन्दै शिक्षित युवा वर्गले मौलिक संस्कृति र पहिचानको संरक्षण गर्दै मनाउनु पर्नेमा तिलोत्तमा वडा नं १३ का समाजसेवी धनवहादुर चौधरीले बताउनु भयो । उहाले भन्नु भयो “चाडपर्व रमाइलो त्यतिवेला हुन्छ जातिवेला परिवारमा खुसी र हर्ष छाएको हुन्छ” । सानालाई माया र ठुलालाई सम्मान गर्ने बानीको विकासका लागी पनि चाडपर्वको भुमिका अतुलनीय रहेको चौधरीको भनाइ छ ।
“ तिहार त्यतिबेला स्वस्थ र सुरक्षित हुन्छ जब मानिस स्वस्थ र सुरक्षित हुन्छ । किनभने विरामी भएर वा होहल्ला अथवा कोलाहलमा तिहार राम्रो सगँ मनाउन सकिदैन ” — तिलोत्तमा ३ निवासी हाल कपिलबस्तुको अविराव स्वास्थ्य चौकीमा छैठौ तहमा कार्यरत अनमी मिना पाण्डेको भनाइ छ । उहाँले सुरक्षित र स्वास्थ खानापिनमा ध्यान दिनुपर्नै कुरामा जोड दिनु भएको छ । उहाले स्वास्थ्थ जीवनशैली लाई नविगरिकन तिहार मनाउनु पर्ने बताउनु भएको छ । तिहार पकाइने परिकार स्वादिलो र स्वस्थकर पनि हुन जरुरी छ , किनकी शरीरको सन्तुलन मिलाएर खानेकुरा खाइएन भने अपच हुने, ग्यास्टिक हुने , पेट दुख्ने , टाउको दुख्ने , उल्टी हुने लगायतका समस्या हुन सक्ने भउको विशेष ख्याल गर्नुपर्छ , अनि हात सावुन पानी ले सफासगँ धोएर , खानेकुरा खानु पर्ने सुझाव पनि दिनु भएको छ । सबै जना तिहारपर्व मनाउनका लागी आजैदेखि घर गाँउ सरसफाइ पनि गरेका छन् । तिहार पर्व जसरी झिलीमिली बत्ती वालेर उज्यालो पर्वका रुपमा मनाइने हुनाले रिस , राग, घमण्ड नगरी मेलमिलापका साथ बस्न र आइरपेका समस्या समाधान गर्दे जीवनमा अगाडि बढ्नका लागी सामाजिक चेतना पनि ल्याउने पवको रुपमा पनि लिने गरिन्छ । उहा भन्नु हुन्छ “ म तिहार एक्लै मनाउन सक्दिन किनभने म सामाजिक प्राणी हो, जसरी समुदायमा मिलेर बसेको छु त्यसरीले तिहार पर्वलाई पनि समाजमै एकआपसमा मिलेर मनाउछु , टाढा टाढा रहेका अफन्त, पढ्न गएका , काम गर्न गउका परिवारका सदस्य जबसम्म घरमा आउदैनन् तबसम्म तिहार आएको जस्तो लाग्दै “ यो तिहारले मानिसलाई समाजिक चेतना अभिवृद्धि गराउनका लागी हरेक वर्ष आउने गर्दछ ।