मर्चवार न्यूज
भैरहवा। पाल्पाको तानसेन रानीमहल सडक खण्डको रानीमहल दरबार नजिकै जीप दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।दु
र्घटनामा परी एक जना गम्भीर घाइते भएका छन् । आइतबार बेलुका करिब ५ बजेको समयमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको परिचय भने नखुलेको प्रहरीले जनाएको छ । बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो ।