मर्चवारका दुई गाउँपालिकाका पुर्वअध्यक्ष एमालेमा प्रवेश

मर्चवार न्यूज 367+ समाचार ( )
१५ भाद्र २०८२, आइतबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा दुई गाउँपालिका पुर्वअध्यक्ष सहित हजार भन्दा बढी एमालेमा प्रवेश गरेका छन् । मर्चवारको सम्मरीमाई गाउँपालिका पुर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लू), मर्चवारी गाउँपालिका पुर्वअध्यक्ष केशवनन्द बनिया सहित विभिन्न पुर्व वडाध्यक्षहरु शनीबार सम्मरीमाई ६ असुरैनामा एक कार्यक्रमका बिच एमालेमा प्रवेश गरेका हुन् । 

नेपाल सरकारका अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णु पौडेलले नवप्रवेश सबैलाई स्वागत गरेका हुन् । यसैगरी मर्चवारी गाउँपालिका वडा नं. ३ का पुर्ववडाध्यक्ष नारायण बहादुर यादव, वडा नं. ४ का पुर्ववडाध्यक्ष शैलेस श्रीवास्तवलाई समेत पार्टीमा स्वागत गरेका हुन् । बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ हजार बढी पार्टी प्रवेश गरेका नेकपा एमाले रुपन्देहीका उपाध्यक्ष हितराज पन्थीले बताउनुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले विकास गर्न बलियो पार्टी र बलियो नेता चाहिने बताउनुभयो । उहाँले एमाले देशको नेतृत्व गर्ने पार्टी भएको बताउनुभयो । ‘विगतमा यहाँहरुले विभिन्न पार्टीलाई साथ दिनुभयो । कमजोर पार्टी र उम्मेदवारको पछाडि लागेर विकास हुँदैन्, ’उहाँले भन्नुभयो–‘मर्चवारको विकासका लागि एमाले नेतृत्वमा संगठित हुनुपर्छ । मर्चवार एमाले र केपी ओलीको वरिपरी गोलबन्द हुनुपर्छ, तब मात्र यहाँको विकास हुन सक्छ ।’ बलियो पार्टी र सक्षम नेताले नेतृत्व नगरेसम्म देशको विकास हुन नसक्ने उहाँको भनाइ छ ।


‘सर्वेन्द्रनाथ शुक्ल र हामीसँगै प्रतिनिधि सभामा छौं, तर उहाँको पार्टीबाट यो देशमा प्रधानमन्त्री बन्छ ? बन्दैन, ’उहाँले भन्नुभयो । देशको बागडोर सम्हाल्ने र देश विकासको योजना बनाउने पार्टी एमाले भएको उहाँले दावी गर्नुभयो।उहाँले एमालेलाई मर्चवारका जनताले नपत्याएको र पार्टीले यहाँको जनताको विश्वास जित्न नसके पनि अब भने मर्चवारलाई भैरहवा, मणिग्राम र बुटवल जस्तै विकसित बनाइने बताउनुभयो ।

मर्चवारमा रिंगरोड बनाउने जिम्मा एमालेले लिने उहाँको भनाइ छ । मर्चवारलाई विकसित गर्ने संकल्पका साथ एमाले आएको पौडेलले बताउनुभयो । किसानलाई मलको अभाव हुन नदिइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार