कृष्ण स्वावलम्बनको सम्पत्ति ५ करोड भन्दा बढी

मर्चवार न्यूज 152+ समाचार ( )
२८ पौष २०८१, आइतबार

मर्चवार । श्री कृष्णा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्राबार संस्थाले आर्थिक वर्ष २०८०÷०८१ को आय ब्यय प्रस्तुत गर्दै उक्त साधारण सभा सम्पन्न गरेको हो ।

स्वावलम्बनको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठीले संस्थाले प्रदान गर्ने ऋणको ब्याजमा २ प्रतिशत घटाएको बताए । यसैगरी बचतमा पनि २ प्रतिशतले ब्याजदर घटेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाले ७४ लाख २३ हजार ३७ रुपैयाले सम्पक्ति बृद्धि गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा ५ करोड २५ लाख ९६ हजार २७ रुपैया संस्थाको सम्पत्ति कायम गरेको अध्यक्ष त्रिपाठीले बताए । 

संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा विभिन्न कारोबार गरी १ लाख ७३ हजार ९ सय ८६ रुपैया बचत गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । २ सय ५७ महिला र ३ सय ६१ पुरुष गरी ६ सय १८ शेयर सदस्य रहेको उक्त स्वावलम्बनमा ५९ लाख १४ हजार ३ सय रुपैया शेयरपुँजी कायम गरेको अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । यसैगरी संस्थामा १ हजार १ सय ५८ जना विभिन्न किसिमको बचत गरेका अध्यक्ष त्रिपाठीले जानकारी दिएका छन् । 

कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तवले सहकारी संस्थाले मल बितरण गर्नमा किसान कार्ड लागू किसानलाई सामान रुपमा मल बितरण गर्न उनले आग्रह गरेका थिए । सहकारी प्रबर्धनमा सम्मरीमाई गाउँपालिका पुर्ण रुपले तयार रहेको बताउदै सहकारी र सरकार एक नितिबाट मल र बीउ उपलब्ध गराउन उनले आग्रह गरेका थिए । सहकारीटा ऋण लिई सयममा ब्याज तथा साँवा नदिनेहरुले सयममा ब्याज भुक्तानी गर्न उनले आग्रह गरे । 

कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला सहकारी संघ रुपन्देहका महासचिव दामोदर पंगेनीले नियमित बचतले सहकारी अगाडी बढने बताए । सहकारी संस्थाको मुख्य कारोबार नै बचत तथा ऋण रहेकोले यसमा नियमित सबैले जुटनुपर्ने बताए । सहकारीबाट ऋण लिई समयमा ब्याज नतिर्ने बानीले सहकारी बन्द अवस्थामा पुग्न सक्ने उनले बताए । 

समामा सम्मरीमाई गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका साही सिंह, सम्मरीमाई १ का वडाध्यक्ष शिवकुमार यादव, सम्मरीमाई २ का वडाध्यक्ष अजय कुमार गुप्ता, जिल्ला सहकारी संघ रुपन्देहीका सदस्य तथा भवानी स्वावलम्बन बहुृद्देश्यीय सहकारी संस्था लिमिटेडका ब्यवस्थापक अशोक कुमार तिवारी, सम्मरीमाई गाउँपालिका सहकारी शाखा प्रमुख महेन्द्र हरिजन, संस्थाका ब्यवस्थापक महन्त प्रसाद लोध, संस्थाका कोषाध्यक्ष नर्वदेश्वर शुक्ल, बिन्दवासिनी स्वावलम्बनका ब्यवस्थापक दिलिप साहानी लगायतका मनतब्य रखेका थिए । 

राम अनुज प्रताप नारायण त्रिपाठीको संचालन तथा संस्थाका अध्यक्ष अशोक कुमार त्रिपाठीको अध्यक्षतामा उक्त सभा सम्पन्न भएको थिायो ।

प्रतिक्रिया