लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)रुपन्देही जिल्ला अध्यक्षमा रवि रौनियार

हृदयराम गुप्ता 121+ समाचार ( )
२४ कार्तिक २०८०, शुक्रबार

भैरहवा: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, रुपन्देही जिल्ला अध्यक्षमा रवि कुमार रौनियार मनोनित भएका छन् । भैरहवा निवासी रौनियारलाई शुक्रबार पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले जिल्ला अध्यक्षमा मनोनित गरेका हुन् । पार्टीको अन्तरिम विधानको दफा १६ उपदफा १ (ञ) अनुसार रौनियारलाई रुपन्देही जिल्ला अध्यक्षमा मनोनित गरिएको लोसपाले जनाएको छ ।

लोसपा रुपन्देहीको जिल्ला सदस्यहरुमा गणेश पाठक, रामकिशुन नायक, श्रीचन्द जैसवाल, राम रक्षा मौर्य, सुनिता कलवार, प्रेम शर्मा, मेराज आलम, राम कृपाल बरुण, अनिल कुमार यादव, रामनाथ यादव, आरती अग्रहरी, सियाबल्लभ श्रीवास्तव, सुरेन्द्र हरिजन र विश्वनाथ राय मनोनित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार