मर्चवार १ पुस । रुपन्देही मर्चवारी गाउँपालिका वडा नं. ७ स्थित श्री जनसेवा स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार संस्थाको प्रांगणमा एक कार्यक्रमको बिच उक्त सभा सम्पन्न भएको हो ।
संस्थाले आर्थिक २०८०÷०८१ मा ३ करोड २७ लाख ७२ हजार १२ रुपैया सम्पत्ति बृद्धि गर्न सफल भएको संस्थाका अध्यक्ष ज्ञानु प्रसाद कुर्मीले बताए । संस्थाले गत आर्थिक वर्षमा ६९ लाख ४८ हजार ४ सय ५९ रुपैया बचत रकम बृद्धि गरी २ करोड ५२ लाख १३ हजार ९५९ रुपैया पु¥याएको अध्यक्ष कुर्मीले जानकारी दिएका छन् । यसैगरी संस्थाले २ लाख ८४ हजार ३७१ रुपैया जोखिम कर्जा ब्यवस्थापन गरेको उनले बताए । सभामा उपस्थित शेयर सदस्यहरुलाई जानकारी गराउदै आर्थिक वर्ष २०८०÷०८१ मा २ करोड ८४ लाख ३७ हजार १३४ रुपैया ऋण लगानी गरेको उनले बताए ।
संस्थाका ब्यवस्थापक रोहित यादवले संस्थामा १२ लाख ६४ हजार ६ सय शेयर पुँजी रहेको बताए । आर्थिक वर्ष २०८०÷०८१ मा २२ जना शेयर सदस्यको संख्या बृद्धि भएको ब्यवस्थापक यादवले जानकारी दिएका छन् । यसै संस्थाले ४० लाख ५० हजार ९ सयको मलखाद्य बिक्री गरेको उनले बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि मर्चवारी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष रामसेवक खरबिन्दले सहकारीले आम नागरिकलाई सहज र सन्तोषजनक सेवा दिए वडाबाट पनि लगानी गर्ने बताए । केही समय यता विभिन्न सहकारी विवादित हुने गरेको जानकारी गराउदै आम नागरिकको मर्म बुझि र सहकारी मापदण्डमा रहेर मात्र सेवा दिन वडाध्यक्ष खरबिन्दले आग्रह गरे ।
सहकारीको महत्वबारे वर्णन गर्दै श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाका ब्यवस्थापक आशोक कुमार तिवारीले सहकारीमा जुटन सबैलाई अग्रह गरे । सहकारीका हरेक शेयर सदस्य नै मालिक रहेको जानकारी गराउदै अन्य बैंक र साहुमहाजनहरुले ऋणीहरुलाई सोषण गरेको उनले आरोप लगाए । सानो पुँजीबाट अर्थिक अवस्था सुधार्न सहकारी महत्वपुर्ण साधन रहेको उनले बताए ।
जिल्ला सहकारी संघका सल्लाहकार अशोक कुमार त्रिपाठीले सहकारी प्रति जनप्रतिधिले चासो नदेखाएको बताए । सहकारीको माध्यमले गाउँपालिका भित्रका किसान, सानो ब्यवसायी सहित आमनागरिकहरु पनि धेरै सेवा पाएपनि सहकारीलाई ब्यवस्थापन गर्न गाउँपालिकाको कुनै योजना नदेखिएको उनले दुःख ब्यक्त गरे ।
सहकारीकाका अध्यक्ष चौधरीलको अध्यक्षतामा सम्पन्न उक्त सभालाई राजमन हरिजनले संचालन गरेका थिए ।