परराष्ट्रमन्त्री राणाद्वारा लुम्बिनी भ्रमण

मर्चवार न्यूज 367+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

लुम्बिनी, २० फागुन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेकी छन् । मन्त्री राणालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरेका हुन् ।

राणाले मायादेवी मन्दिरको दर्शन, अशोक स्तम्भ, पुष्पकरणी पोखरीको बारेमा जानकारी लिइन् । उपाध्यक्ष डा. लामाले लुम्बिनी विकास कोषले गरेका पछिल्ला काम र विकासका बारेमा जानकारी दिएका थिए । 
मन्त्री राणासँगै लुम्बिनी प्रदेशका शहरी विकास मन्त्री सरोज थापाको समेत सहभागीता थियो ।

परराष्ट्रमन्त्री राणा नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुको रुपन्देहीको भैरहवामा भएको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आएको बेला लुम्बिनीको भ्रमण गरेकी हुन् ।

भ्रमणका अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारीणी सदस्य श्याम रोक्का, राजेश शाक्य, सुरक्षा अधिकृत खगेन्द्र काफ्लेको सहभागीता थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै