मर्चवार । आगामी फागनु २१ गते हुँदै गरेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ ले तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार कोटहीमाई–५ मझगावाँमा बसेको क्षेत्रीय समितिको बैठकले प्रमोद कुमार यादव, रजनी अचार्य र आरती केवटीनको नाम सिफारिस गरेको क्षेत्रीय सभापति मुकेश यादवले जानकारी दिनुभयो ।
यसैगरी सो बैठकले राष्ट्रिय सभातर्फ राम नरायण यादवको नाम सिफारिस गर्ने निर्णय गरेको सभापति यादवले बताउनुभयो ।
उहाँका अनुसार, प्रतिनिधि सभा समानुपातिक तर्फ टेक बहादुर घले, सन्तराम प्रसाद हरिजन, रामनरेश प्रसाद पासी, केतकी हरिजन तथा सर्बदा मोर्यको नाम समेत बैठकले सिफारिस गरेको छ ।