नदीमा नुहाउन गएका ३ जना बेपत्ता

मर्चवार न्यूज 367+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

मर्चवार । रुपन्देहीको दानव नदीमा नुहाउन गएका ३ जना बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ अर्दौली स्थित दानव नदीमा नुहाउन गएका ३ जना स्थानीय बेपत्ता भएका इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ । 


लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. २ बस्ने १२ वर्षीय मुन्नु हरिजन, सोही वडाका १३ वार्षीय उमेश यादव, सोही ठेगाना भएको १५ वर्षीय राजन यादव दिउँसो १२ बजे नुहाउन गएको बेला बेपत्ता भएको भएको प्रहरीले जनाएको छ । नदीमा बेपत्ता भएका तीनैजनाको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै