मर्चवार । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालयले सर्वदलीय बैठकका लागि आह्वान गरेको छ । कोटहीमाई–५ मझगावाँस्थित निर्वाचन अधिकृतको कार्यालयमा भोलि माघ ४ गते दिउँसो २ बजेको लागि बैठकको सूचना सार्वजनिक गरिएको छ ।
आगामी निर्वाचनका विभिन्न गतिविधि तथा शान्तिपूर्ण र निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउन सबै दलबीच सद्भाव कायम गर्ने उद्देश्यले बैठक गर्न लागिएको रुपन्देही क्षेत्र नं. ४ का निर्वाचन अधिकृत टोपबहादुर विष्टले जानकारी दिनुभएको छ । बैठकमा सम्पूर्ण दलका प्रतिनिधिहरूलाई उपस्थितिको लागि उहाँले अनुरोध गर्नुभएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुने निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभएको छ । उहाँले दिनुभएको जानकारीअनुसार माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन निर्वाचन चिह्न प्रदान गरिने छ ।