दाङ–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताले सो पार्टी परित्याग गरेका छन् । रास्वपा लमही नगर कमिटीका उपसभापति दिनेश आचार्यले पार्टी परित्याग गर्दै नेकपा ९एमाले०मा प्रवेश गरेको घोषणा गरेका हुन् ।
रास्वपामा परिवारवाद, संगठन निर्माणको क्रममा देखिएको विचलन, समाज रुपान्तरणको निमित्त दुरदृष्टिको अभाव, इमानदार उर्जावान साथीहरुलाई पाखा लगाउने काम भएको भन्दै उनले सो पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
रास्वपा परित्याग गरेलगत्तै उनी एमाले प्रवेश गरेको घोषणा पनि गरेका छन् । आचार्यलाई एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य कुलबहादुर केसी, नगर अध्यक्ष रतन कुमार केसी लगायतले स्वागत गरेका छन् ।